मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा


  • मकवानपुर समाचार
  • 14 पटक पढिएको
हेटौंडा

प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा

 प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । न्यौपानेले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनुभएको हो । प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु कुसैसंग पनि समस्या निम्तीएको नभईकन आफैले स्वतस्फुर्त रुपमा राजिनामा दिएको उहाँले बताउनुभयो । आफु स्वतन्त्र भएर काम गर्न चाहने र मुख्यन्यायधिबक्ता भएपछी बाधिएर काम गर्नुपर्ने भएकाले पदबाट राजिनामा दिएको उहाँको भनाई छ ।

मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार गराइरहेका बेला बेला उहाँले राजीनामा दिनुभएको हो । मुख्य न्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहनुभएका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताउनुभयो ।

रेडक्रसको चुनावमा पार्टीले गरेको ह्विप नमानी मकवानपुरका भोला रुपाखेतीलाई उम्मेद्वार बनाएपछि मुख्यमन्त्री पौडेललाई नै न्यौपाने हटाउन नेकपाका नेताहरुको दबाब थियो । न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले न्यौपाने सुविधायुक्त गाडी किन्न चाहन्थे तर विवाद हुन्छ भनेर मुख्यमन्त्री कार्यालयले स्वीकृति दिएको थिएन । पछिल्लो समय न्यौपाने र मुख्यमन्त्री पौडेलबीच दूरी बढेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top