मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

यसरी मनाइयो हेटौंडामा बातावरण दिवस


  • मकवानपुर समाचार
  • 35 पटक पढिएको
हेटौंडा

यसरी मनाइयो हेटौंडामा बातावरण दिवस

 मकवानपुरको हेटौंडामा आज भब्य रुपमा ४७ औ विश्व वातावरण दिवसका हेटौंडामा ¥याली र सभा गरिएको छ । टोल विकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरण दिवशका अवसरमा हेटौंडा बजारमा बिभीन्न दुई सय भन्दा बडी टोल बिकाश संस्थाहरुले आफ्नै भेषभूसा, वातावरण संरक्षण गर्ने अभियान सहित ¥याली निकालिएको हो ।

हेटौंडाको हुप्रचौरबाट निकालिएको ¥यालीले मेनरोड, सिमाचोक, स्कुलरोड भएर भूटनदेबि माध्यमिक बिद्यालयको चौरमा आएर सभामा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडालाई फूलै फूलको शहरका रुपमा बिकाश गर्नका लागि आफु लागिपरेको बताउनुभयो ।

शहरलाई सफा र सुन्दर बनाउनका लागि टोलबिकाश संस्थाका महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हेटौंडाका कुनैपनि खाली स्थान देखेमा फूल र फलफूलका बिरुवा रोप्नका लागि मेयर महतले आग्रह गर्नुभएको छ । हेटौंडालाई सधै सफा र हराधरा बनाउनका लागि आफु लागिपरेको बताउँदे उहाँले यो अभियानमा सबै नगरवासीहरुको साथ आवस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले टोलबिकाश संस्थाहरु नगरको अभिन्न अंङ्गको रुपमा रहेको बताउनुभयो । बिरुवा रोप्ने काम संगै संरक्षणमा समेत सबै लाग्नका लागि उहाँले आग्रह गर्नुभयो । टोल बिकाश संस्था मध्यमा उत्कृष्ट ¥याली प्रर्दशन गर्ने हेटौंडा ११ को सिमल्टार टोलबिकाश संस्था प्रथम भएको छ । उसले नगद १० हजार हजार रुपैयाँ सहित सम्मान पत्र हात पारेको छ ।

त्यसैगरी हेटौंडा ९ को प्रगती टोलबिकाश संस्था द्धितीय भएको छ । उसले नगद ७ हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरेको छ । त्यसैगरी हेटौंडा ५ को अब्बलडाँडा टोल बिकाश संस्था तेस्रो भएको छ । उसले पाँच हजार नगद सहित सम्मान पत्र हात पारेको छ । अरु बिभीन्न सातवटा टोल बिकाश संस्था सान्त्वना भएका छन् । त्यसैगरी उत्कृष्ट बिद्यालय र संघसंस्थाहरुलाई पनि पुरस्कृत गरिएको मेयर महतले बताउनुभयो ।

टोल विकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष धुर्ब प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का वडाअध्यक्ष राजन थापा, हेटौंडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेल, नेपाली काग्रेशका नेता प्रदिप कोईराला लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष इश्वर ढुंगाना, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड लगायतकालाइ सम्मान गरिएको छ ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top