मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट


  • मकवानपुर समाचार
  • 52 पटक पढिएको
हेटौंडा

अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट

प्रदेश ३ नम्बर का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको सल्यक्रिया गरेपछी आज उच्च स्तरका ब्यक्तित्वहरुले भेट्नेक्रम निकै बढेको छ । आज मात्र प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोख्रेल, प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोईरालाले भेट गर्नुभएको मुख्यमन्त्रीका स्वकिय सचिब अनुप पौडेलले बताउनुभयो ।

उहाँको मुटुको सल्यक्रियापछी अहिले आईसीयुमा राखिएको प्रेश संयोजक प्रकाश दाहालले बताउनुभयो । अप्रेशन गरेर अस्पतालमा रहनुभएका मुख्यमन्त्रीलाइ भेट्नका लागिआउनुभएका प्रधानमन्त्री ओलीले अप्रेशनस सफलभएले आराम गर्नका लागि सुझाब दिनुभएको छ ।

सफलरुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको आईतबार एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिाएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ । यद्यपी जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाई छ ।

यसमा तपाइको मत







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top