मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 युवाहरु उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव छ –मुख्यमन्त्री पौडेल     महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला     हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै   

मकवानपुर समाचार

चट्याङ लागेर गढीको देउरालीमा घलानको मृत्यु


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

चट्याङ लागेर गढीको देउरालीमा घलानको मृत्यु

 मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ बुङदल देउरालीमा शनिवार राती हावा हुरी, पानी संगै परेको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ बर्षकी बिमला घलानको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर स्थानीय कान्छीमायाँ स्याङतान घाईते भएकी छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा क्षेती पुगेको छ । यसैगरी यसअघि पनि बुङदल देउराली डाँडामै फूलमायाँ पाख्रीनको मृत्यु भएको थियो । एक महिनाको बिचमानै यस क्षेत्रमा चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि गढी गाउँपालिकाले थोरै रकममा खर्च गरेर अर्थीङ जडान भने गरेको छैन ।

सामान्य हावाहुरी र बतास चलेर पानी आउँदा समेत मात्र पनि मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ सोलीथुम र चुहार क्षेत्रमा बर्षेनी चट्याङ लागेर मृत्यु हुने गरेको थियो । त्यसपछी गढी गाउँपालिकाको सहयोगमा त्यस क्षेत्रमा अर्थिङ गरेपछी चट्याङ पर्न छोडेको छ । अहिले त्यहाँको समस्या देउरालीमा सरेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top