मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 युवाहरु उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव छ –मुख्यमन्त्री पौडेल     महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला     हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै   

मकवानपुर समाचार

खानेपानीको समस्या टार्न महिला जुटे


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
  • कलमपाटी
मकवानपुर

खानेपानीको समस्या टार्न महिला जुटे

 मकवानपुरको भिमफेदी गाउँ पालिका वडा नम्बर ५ र ६ का वासिन्दाहरुले बषौअघिदेखि भोग्दै आएको खानेपानीको समस्या अब हट्ने भएको छ । खानेपानी समस्या हटाउनका लागि स्थानीय महिलाहरु दिनहुँजसो श्रमदानमा जुटेका छन् । उनीहरुको श्रमदानमा भिमफेदी गाउँपालिका र गैरसरकारी संस्था सीसीडीएनले सहयोग गरेको छ ।

भिमफेदी गाउँपालिकाका वडानम्बर ५ र ६ को भिमफेदी बजार, टारगाउँ, छबेली, धुसेनी, सिमल्टार, पारी बजार क्षेत्र गरेर ३ सय १९ घरधुरीका लागि पानीका लागि बषौदेखिको समस्या अबको केही महिनामा हट्ने भएको हो ।

खानेपानीका लागि सधै पेधेरामा लाईन बस्नुपर्ने बाध्यता भोग्दै आएका यहाँका महिलाहरु पाइप तान्ने, खाल्डो खनेर गाढ्ने, पानी ट्याङ्की निर्माण गर्ने लगायतका काममा लागेको भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती रानाले बताउनुभयो । पानीको अभाब टार्नका लागि भिमफेदीको यो ठुलो योजना हो ।

भिमफेदी बजार क्षेत्र र आसपासका क्षेत्रमा पानी खुवाउनका लागि एक दुइ दिन होइन । यहाँका महिलाले १३ दिन सम्म श्रम गर्नुपर्ने निणय अनुसार हरेक दिन खानेपानी योजना निर्माणका लागि निस्कने गरेको उपाध्यक्ष रानाले बताउनुभयो ।
भिमफेदी ६ ठोसेघारीको मुहान बाट पानी ल्याउन लागिएको छ । करिब ५ किलोमिटर टाढाबाट भिमफेदी बजार क्षेत्रमा पानी ल्याउन लागिएको हो ।

खानेपानीका लागि एक करोड २८ लाख लागतमा निर्माण गर्न लागिएको छ । यस योजनाका लागि गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा गरी भिमफेदी गाउँपालिकाको ३८ लाख र सीसीडीएनको ९० लाख लागतमा निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अबको तीन दिनमा मुहानबाट बजार सम्म पानी ल्याउने योजनामा स्थानीय लागिपरेका छन् । तर, पानीका धारा, घरघरमा पाइप जडान लगायतका काम भने आउँदो साउन महिना सम्म सक्ने योजना छ ।

खानेपानी योजनाबाट स्थानीय ३ सय १९ परिवार संगै भिमफेदी कारागारका ९ सय कैदी बन्दीले पनि पानीको बल्ल सुबिधा पाउने छन् । अहिले कारागारमा पानीको निकै समस्या छ । समस्या समाधान पछी कारागारमा पनि बषौअघिदेखिको पानीको समस्या हट्ने छ । यस योजनाबाट घरै पिच्छेले जनश्रमदान गर्ने सहमती अनुसार महिलाहरु दिनहुँ आफ्ना घरको काम समेत छोडर खानीका लागि लागिपरेको उनीहरुले बताएका छन् ।

२०७२ सालको भुकम्पले गर्दा पानीको धेरै समस्या स्थानीयहरुले भोगेका थिए । अब समस्या हटाउनका लागि सबै महिलाहरु एक जुट भएर लागेका हुन् । उनीहरुले खानेपानी योजना गाउँमा पार्नका लागि पनि निकै दौडधुप गरे । योजना परिसकेपछी काममा पनि आफै लागेको स्थानीय वासिन्दाहरु बताउँछन् । अहिले सम्म एक हजार जनाले श्रमदान गरिसकेका छन् । भिमफेदी बजार सम्म पानी ल्याउनका लागि साना ठुला गरी छ वटा पानी ट्याङकी निर्माण गर्न लागिएको छ ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top