मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

समाज

बैशाखमा राष्ट्रिय स्तरको हकि हेटौंडामा हुने


  • समाज
  • 13 पटक पढिएको
हेटौंडा एफएम, २८ चैत/मकवानपुरमा राष्ट्रिय स्तरको हकि खेल आउँदो बैशाख १० गते देखि हेटौडामा हुने भएको छ । हकी खेलमा प्रदेशनंम्बर १, २, ३, ४, ७ र बिभागिय नेपाल आर्मी सहितको ६ टिमको सहभागिता हुने जिल्ला खेलकुद बिकाश समिति मकवानपुरका सचिब राजन दाहाल खुसराजले बताउनुभयो । राष्ट्रिय खेलकुद गर्ने पुर्ब सन्ध्यामा आज मकवानपुरको खेल क्षेत्रलाई सहयोग गर्ने उदेस्यले आज हकी टिमलाई हकी ब्याट प्रदान गरिएको छ ।

बैशाखमा राष्ट्रिय स्तरको हकि हेटौंडामा हुने

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरले आज जिल्ला खेलकुद विकास समिति मकवानपुरमा हकि खेलाडीको टिमलाई ब्याट बितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बसन्तकुमार लामाले ११ थान ब्याट मकवानपुरका महिला हकि टोलिलाई प्रदान गर्नुभएको हो । ब्याट प्रदान गर्दै उहाँले खेलक्षेत्रमा लाग्ने मानि कहिले पनि नबिग्रने बताउनुभयो । यस जिल्लाका युवाहरु लागूऔषधमा बढी लागेको बताउँदै उहाँले उनिहरुलाई सुधार गर्नका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । खेलाडीहरुलाई खेलक्षेत्र संगै पढाईलाई पनि अगाढी बढाउनका लागि एसपी लामाले आग्रह गर्नुभएको छ । ४० हजार रुपैँयाको लागतमा खरिद गरिएको ब्याट हकि विकासको लागि सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य मनोज शर्मा, जिल्ला हकी संघका अध्यक्ष प्रतापसिंह क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।



Test









Copyright © 2017, All Rights Reserved ! Powered by :
Top