मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

मकवानपुर समाचार

पत्रकारले रचनात्मक आलोचना र टिप्पणि गर्नुपर्छ–मुख्यमन्त्री पौडेल


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

पत्रकारले रचनात्मक आलोचना र टिप्पणि गर्नुपर्छ–मुख्यमन्त्री पौडेल

 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारका बारेमा पत्रकारले रचनात्मक ढंगले आलोचना र टिप्पणि गर्नुपर्ने बताउनुभएको छ । तर, पन्चायत कालमा चलाउने कलम भन्दा पनि गणतन्त्रमा चलाउने कलम चलाउनका लागि उहाँले आग्रह गर्नुभयो । राम्रा काम गर्दा गर्दै पनि लाल्छना लगाउने काम बन्द गरिनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को संयोजनमा आम सञ्चारमाध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले पत्रिका, रेडियो दर्ता गरी होल्ड मात्र गरेर राख्नेपरिपार्टीको अन्त्य हुनुपर्ने बताउनुभयो । दर्ता गरेर पाँच बर्ष सम्म संचालन नगर्ने मिडिया खारेज गरिनुपर्ने उहाँले बताउनुभयो ।

प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । संविधानको मर्म र भावनालाई बाँझिने गरी सञ्चारसम्बन्धी विधेयक सरकारले पारित नगर्ने स्पष्ट पार्नुभयो । पत्रकारले आ–आफ्नो आचारसंहितामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारलाई मार्गदर्शन हुने र जनताको हितमा काम गर्दा कमी कमजोरीलाई सुधार गरी भ्रष्टाचारलाई शून्य सहनशीलतामा ल्याउन सकिने विचार राख्नुभयो ।

पत्रकारले राज्यबाट मात्र खोज्ने भन्दा पनि राज्यप्रतिको दायित्व पनि पुरा गर्नुपर्ने बताउनुभयो । पत्रकारका नाममा जेगरेपनि हुने भन्ने परिपार्टीलाई त्याग्नुपर्ने बताउनुभयो । समाचार लेख्दा पुर्बाग्राही भएर लेख्न नहुने बताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top