मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत     संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा   

मकवानपुर समाचार

सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.


  • मकवानपुर समाचार
  • 21 पटक पढिएको
नामटार

सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको बताउनुभयो । कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानमा बोल्दै केन्द्रीय प्रतिनिधि प्रमुख अतिथि नेता के.सी.ले अहिलेको सरकार विकास समृद्धि भन्दापनि भ्रष्टाचार, कानुन र संविधान मिच्दै एकपछि अर्को एकलौटी ढंगबाट निर्णय गर्दै हिडेकोले सरकारलाई खबरदारी गर्न र आमजनतालाई जानकारी दिन कांग्रेसले जागरण अभियान सुरु गरेको जानकारी दिनुभयो ।

हिमाल, पहाड, तराई मधेश तीनै भू-भागलाई जोड्न सक्ने एउटै पार्टी कांग्रेस भएको बताउँदै कम्युनिष्टहरु जात, धर्म, भुगोलमा राजनीति गरि तोड्ने र फुटाएर सधैं गरिवमाथि राज गर्ने मनशाय राख्ने पार्टी रहेको नेता के.सी.ले बताउनुभयो । यो सरकार भष्ट्राचार, सरकारी जग्गा, वाईडबडी काण्ड, गौरवान्वित आयोजनामा खुलेआम भ्रष्टाचारमा लिप्त, बलात्कार, जनप्रतिनिधिहरु खुलेआम लुटमा मस्त रहेको बताउँदै विश्वबाट समाप्त भएको कम्युनिष्ट नेपालबाट पनि चाँडै समाप्त हुने बताउनुभयो । विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको आदर्श, सिद्धान्त एवं ईतिहासदेखि अहिलेसम्म गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिनुका साथै कम्युनिष्ट सरकारले गरेका भष्ट्रचार, घुसखोरी, बलमिच्याई र झुठा आश्वासनको भण्डाफोर गर्न कांग्रेस दशैभर जागरण अभियान लेर गाउँ/गाउँ हिडिरहेको बताउनुभयो । केन्द्रीय सदस्य डिनाले कांग्रेस नेतृत्वले माआदीलाई जंगलबाट संसदमा ल्याउने, संविधान निर्माण र तीनै तहको निर्वाचन गरेर महत्वपूर्ण काम गरेको बताउँदै नेतृ डिनाले कम्युनिष्ट सरकार दुईतिहाईको घमण्ड गर्दै एकपछि अर्को कानून र संविधान मिच्दै निरंकुशतातर्फ हिडेकाले अब कांग्रेस चुप लागेर नबस्ने बताउँदै कार्यकर्तालाई पनि अन्याय सहेर नवस्न अाग्रह गर्नुभयो ।

विशिष्ट अतिथि कांग्रेस मकवानपुर सभापति एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले देशैभर गरेको एकमहिने जागरण अभियानको बारेमा प्रष्ट पार्दै कांग्रेस गरिव, निमुखा, महिला, जनजातिको पक्षमा सधैँ लागिपर्ने बताउनुभयो । कांग्रेस परिवर्तनको बाहक रहेको बताउँदै नेता बानियाँले सबै राजनीतिक दललाई लोकतान्त्रिक बाटोमा ल्याउने एक मात्रै पार्टी भएको बताउनुभयो । ४ नम्बर क्षेत्रमा आफू प्रदेशसभा सदस्य भएपछि धेरै विकास निर्माणका कार्य गरिरहेको र भोलीका दिनमा पनि निरन्तर गर्ने बताउँदै नेता बानियाँले कम्युनिष्ट जस्तो काण्डैकाण्डमा फस्ने, झुटको खेति र गफ गरेर आफु कहिल्यै नबस्ने बताउनुभयो ।

कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको राष्ट्रिय जागरण अभियानमा विभिन्न पार्टी परित्याग गरि ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुले टीका लगाएर स्वागत गर्नुभएको थियो । ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेलले स्वागत गर्नुभएको जागरण अभियानमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु, पूर्व सभापतिहरु, सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु, ४ नम्बर क्षेत्रका विभिन्न तहका पार्टीका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा क्रियाशिल सदस्यहरुको उपस्तिथि रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top