मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

मकवानपुर समाचार

प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग

 प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्ने सम्बन्धि कार्यबिधि माथि प्रदेश सभामा आज छलफल भएको छ । नेकपाकका मुख्य सचेतक रामेश्वर फुयालले राजधानी तोक्ने कार्यबिधि सम्बन्धि सभामा छलफल गर्नका लागि प्रस्ताब पेस गर्नुभएको थियो ।


छलफलमा सहभागि सांसदहरुले प्रदेशको स्थायी राजधानीका लागि मतदानको मिति यथासिघ्र तोक्नका लागि माग गरेका छन् । राजधानी सम्बन्धि प्रस्ताबमा छलफल भएपछी मतदान कहिले गर्ने हो मिति तोक्नका लागि पनि माग गरेका छन् । काँग्रेस सांसद प्रभा तामाङले प्रदेशको स्थायी राजधानी मात्र नभईकन नामाकरणको कार्यबिधि पनि प्रदेशसभा ल्याउनुपर्ने बताउनुभयो । राजधानीका बिषयमा पक्ष, बिपक्षका सांसदले मतदान गर्ने मात्र नभइकन तटस्थ रहनेको पनि ब्याबस्था गर्न उहाँले माग गर्नुभयो ।


बिवेकसिल पार्टीका सांसद रमेश पौड्यालले राजधानीको कार्यबिधि अस्पष्ट ढंगले आएकोमा आपत्ति जनाउनुभयो । कुन मितिमा राजधानीको मतदान हुने भन्ने उल्लेख नभएको बताउँदे उहाँले भन्नुभयो( स्थायी राजधानीको मतदानको प्रकृया एक बर्ष, दुई बर्ष वा पाँच बर्ष भित्रमा कहिले गर्न खोजीएको हो ? मतदानको मिति किन तोकिएन ?’


सभामा नेकपाका सांसद रत्न प्रसाद ढकालले स्थायी राजधानीका लागि पाँच जिल्लामा मतदान गर्दा राजधानी तोकिनेमा बिस्वस्त नभएको बताउनुभयो । स्थायी राजधानीका लागि दुईतिहाई प्रदेश सभा सदस्यले मतदान गर्नुपर्ने भएकाले धेरैतिर मतदान गर्दा राजधानी तोक्न समस्या हुने उहाँले बताउनुभयो ।


नेकपाका अर्का सांसद प्रेमबहादुर पुलामीले राजधानी संगै नामाकरण पनि टुङ्गो लगाउनुपर्ने बताउनुभयो । राजधानी र नामाकरणको बिषयमा छलफल गर्नका लागि आग्रह गर्नुभयो । राजधानीको प्रकृया सुरु गर्नका लागि ढिलो भएको नभईकन छिटो भइरहेको बताउनुभयो । अर्का नेकपाका सांसद ओम ग्लानले राजनीतिक सहमतीबाट स्थायी राजधानी तोकिदा सबैले स्वीकार्य बन्ने बताउनुभयो । बिबेकसिल नेपाली दलका सांसद बिराज भट्ट श्रेष्ठले राजधानी तोक्ने काम ब्यक्तिगत स्वार्थमा अल्झिएको आरोप लगाउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्

प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top