मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

मकवानपुर समाचार

प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब



      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ को संसदिय दलको बैठकमा सहभागि सांसदहरुले प्रदेशको स्थायी राजधानीको बिषय छिटो टुङ्गो लगाउनका लागि माग गरेका छन् । प्रदेशसभा गठन भएको डेढ बर्ष बितिसक्दा पनि राजधानी र नामाकरणको बिषय नटुङ्ग्याएको भन्दै नेकपाका सांसदहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।


आज बोल्ने १० जना सांसद मध्य अधिकांशले राजधानी र नामाकरणको बिषय टुङ्गो लगाउनुपर्ने माग गरेका छन् । प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु भन्दा अगाडि वा पछाडी राजधानीको प्रकृया सुरु हुने नेकपा प्रदेश ३ का मुख्यसचेतक रामेस्वर फूयालले बताउनुभयो । प्रदेशको प्रमुख, प्रतिपक्षिदल नेपाली काग्रेशले संसद अबरुद्ध गरेकाले उसंगको निरन्तर बार्ता र छलफलबाट निकास निकालीने र संसदको अबरोध हटाउने तयारी भएको उहाँले बताउनुभयो ।


संसदिय दलको बैठकमा आगामी आर्थिक बर्ष २०७६।०७७ का लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटले कुन(कुन कुरालाई प्राथमिकता दिने भन्ने बिषयमा छलफल भएको छ । सहभागि सांसदहरुले समाजबाद उन्मुख, उत्पादन र रोजगार सृजना गर्ने खालको बजेट ल्याउनका लागि सुझाब दिएका छन् । बैठकमा गत बर्षको बजेट कार्यनयन हुन नसकेको बिषय, राम्र बिषय प्राथमिकतामा पर्न नसकेको लगायतका बिषयमा सांसदहरुले सुझाब दिएका छन् ।


नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्य, मुख्यसचेतक फूयाल, प्रदेशका मन्त्रीहरु, लगायत अधिकांश सांसदहरु बैठकमा सहभागि भएका थिए । आज दश जना सासदले मात्र आफ्ना कुरा राखेका छन् भने अरु ३१ जना सांसदले बोल्नका लागि नाम टिपाएका छन् । संसदिय दलको बैठक भोली फेरी बस्ने छ ।






सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्

प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top