मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 युवाहरु उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव छ –मुख्यमन्त्री पौडेल     महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला     हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै   

मकवानपुर समाचार

काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
हेटौंडा

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेशले आज प्रदेश( ३ सभाको ससद बैठक अबरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभयो । बर्षे अधिवेशनको अबसरमा सबै दलका तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गरे लगतै संसदको अरु काम कार्बाही गर्न नदिनका लागि काग्रेशका सांसदले उठेर संसद अबरुद्ध गरेका थिए ।


सभामुख श्रेष्ठले काग्रेश सांसदलाई बस्नका लागि आग्रह गर्नुभयो । राजधानीको प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो । प्रदेश सभाको बर्षे अधिवेशनको सुरु भएलगतै आजको संसद बैठकमा नेपाली काग्रेशका सांसदहरुले उठेर संसद बैठक अबरुद्ध गरेका हुन् ।


प्रदेश ३ मा दुइतिहाईको सत्तारुढ नेकपाले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने बिषयलाई पछाडी धकेल्दै लगेको भन्दै रुष्ट भएका काग्रेश सांसदहरुले बैठक अबरुद्ध गरेका थिए । राजधानी र नामाकरणको प्रकृया सुरु नगरेसम्म संसद बैठक चल्ने नदिने नेता बानियाँले बताउनुभयो । स्थायी राजधानीको बिषयलाई यसअघिकै अधिवेशनमा ल्याउने भनिएपनि बर्षे अधिवेशन सुरु हुँदा समेत राजधानीको प्रकृया सुरु नगरेकाले संसद अबरुद्ध गर्नुपरेको काग्रेश प्रतिपक्ष दलका नेता बानियाँले बताउनुभयो । यस अघिनै प्रदेश राजधानी र नामाकरणको प्रकृया बर्षे अधिवेशनमा सुरु गर्ने भनिएपनि त्यसको बिषयले आजको बैठकमा पनि प्रवेश पाएन ।


यता सत्तारुढ दल नेकपाका संसदिय दलका उपनेता शालिकराम जम्कट्टेलले काग्रेशले संसद अबरुद्ध गरेर अमर्यादित काम गरेको बताउनुभयो । काग्रेशले गरेको यो बिधिबाट राजधानी तोकिन नसकिने बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफुहरुले पनि आवाज उठाएकाले यो बिषयको टुङ्गो बर्षे अधिवेशनबाट लगाईने उहाँले बताउनुभयो ।


प्रदेश राजधानीको बिषयमा हेटौंडा जतीनै बिवाद भएको प्रदेश १ को बिराटनगरमा राजधानी तोकिसकियो तर, प्रदेश ३ को हेटौंडामा राजधानी तोक्न भने अझै सकिएको छैन । राजधानीको बिषयमा प्रकृया सुरु गर्नका लागि नेकपाकै सांसदहरु अहिले अलमलमा परेका छन्् । नेकपाको एउटै निणय हुन नसक्दा राजधानीको प्रकृया सुरु नभएको हो । प्रदेश ३ लाई उत्कृष्ट प्रदेश भन्ने अनी धेरैजसो प्रदेशले नाम र राजधानी टुङ्गो लगाउँदा समेत यहाँ प्रकृयानै सुरु नगरेकोमा नेता बानियाँले आपत्ति प्रकट गर्नुभयो ।


अधिवेशननै पिच्छे यो बिषय प्रवेश दिने भन्दै सत्तारुढ दल नेकपाले प्रतिपक्षी दल काग्रेशलाई फकाउन चाहेपनि आजबाट सुरु अधिवेशनमा भने फकाउन सकेन । यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको बिषयले प्रबेश पाउने भनिएपनि प्रबेश नपाएपछी काग्रेशका सांसदहरु रुष्ट भएका थिए । बर्षे अबिधेशनमा राजधानीको बिषयले प्रबेश पाउने भनिएपनि फेरी त्यसैगरी टार्न खोजीएको भन्दै प्रतिपक्षी काग्रेशका सांसदहरुले रुष्ट भएका हुन् ।


प्रदेश सभा गठन भएको एक बर्ष नाघिसक्दा समेत राजधानीको बिषयले प्रबेश नपाएको भन्दै काग्रेशले यसअघिनै संसद अबरुद्ध गर्ने चेतावनी दिईसकेको थियो । संसद अबरुद्ध हुने भन्ने थाहा हुँदा पनि प्रतिपक्षि काग्रेशलाई फकाउन कुनै प्रयाश समेत नभएको नेकपाका सांसदहरुले बताएका छन् । राजधानी र नामाकरणको प्रकृया सुरु गर्नका लागि नेकपाका सांसदहरु पनि तयार छन् । तर, पार्टीको संसदिय दलको हुईप लगाएका कारण संसदमा कुरा भने उठाउन सकेका छैनन् ।


      


 


 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top