मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण


  • मकवानपुर समाचार
  • 19 पटक पढिएको
  • परमेश्वर बतौला
हेटौँडा

प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण

नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउनका लागि प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तगर्त हेटौँडा अस्पतालमा ५ सय १४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

सरुवा रोग एवं महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिइएको छ । विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरिएको हो । 

स्वास्थ्य परिक्षण गराउन महीलाको सहभागिता उल्लेख्य रहेको छ । चैत १७ गतेदेखी बैशाख २२ गतेसम्म ३ सय ५९ जना महीला र १ सय ५५ जना पुरुषले स्वास्थय परिक्षण गराएको मुख्यमन्त्री स्वास्थ्य परिक्षण हेटौँडा अस्पतालका संयोजक सिनियर अहेब अनन्त बास्कोटाले जानकारी दिनुभयो । बास्कोटाका अनुसार सबैभन्दा धेरै हेटौँडा उपमहानगरापलीका १७ बाट सबैभन्दा बढी ७२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

 प्रदेश नम्बर ३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई नौ वटा योजना मध्य एक नमुना कार्यक्रमको रुपमा शुरु गरेको हो । हेटौँडा अस्पतालबाट शुरु गरेको जनता स्वास्थ्य परीक्षण कार्यक्रममा तीस देखि सत्तरी वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ता व्यतिका लागि यो कार्यक्रमले आफु कति स्वस्थ छौं भनेर जानकारी दिनको लागि यो कार्यक्रम संचालनमा ल्याइएको हो । तर लक्षीत उमेर समुहभन्दा माथीका जेष्ठ नागरिक पनि उपचार गराउन आएका छन् । जेष्ठ नागरिकलाई जटील रोग नलागेको र अस्पतालनै नपुगेकाहरुको पहीचान गरि स्वास्थय सेवा प्रदान गरिएको बास्कोटाले जानकारी दीनुभयो । यस कार्यक्रममा रोग पत्ता लगाएर उपचार भने  आफुले चाहेको स्थानमा गर्न सकिने व्यवस्था गरिएको छ । यस कार्यक्रममा १६ किसिमका स्वास्थ्य परीक्षण निःशुल्क हुनेछ । 

प्रदेश सरकारले पाईलट प्रोजेक्टको रुपमा हेटौँडा उपमहानगर क्षेत्रमा यो सेवा सुरु गरेको हो । हेटौँडा उपमहानगर क्षेत्रको १९ वडाबाट प्रत्यक वडाबाट १ सय जनालाई सेवा प्रदान गर्ने लक्ष्य लिइएपनि केही वडमा भने उत्साहजनक सहभागीता देखिएको छैन । वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परिक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परिक्षण गर्ने गरीएको छ ।  उपचार गराउन आएकाहरुमध्य धेरैजसोमा कोलेस्ट्रोल, उच्चरक्ताचप, पथ्थरीको समस्या देखिएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top