मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 युवाहरु उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव छ –मुख्यमन्त्री पौडेल     महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला     हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै   

मकवानपुर समाचार

हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
हेटौंडा

हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न

प्रदेश नम्बर– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडामानै कायम रहने बताउनु भएको छ । मकवानपुर मिडिया प्रालिद्धारा संचालित हेटौडा एफ.एमको १४ औ बार्षिक उत्सबको आज हेटौंडामा उध्घाटन् गर्दै उहाँले आफु मुख्यमन्त्री नभएको भए सरकार गठन भएको भोली पल्टै हेटौंडाबाट राजधानी सरिसक्ने बताउनुभयो । अब कुनैपनि हालतमा राजधानी हेटौंडाबाट नसर्ने उहाँको भनाइृ छ ।


पत्रकारहरुले सहि, सत्य तथ्यमा आधारित रहेर समाचार लेख्नुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । पत्रकारलाई नेगेटिभ आँखाले नहेर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो –राम्रा कुराहरुलाई खुलेआम रुपमा लेख्नुस, गरेका काम लेखिदिनुस । प्रदेशमा बिकाश भएन भन्नेहरुलाई आफुकहाँ पठाउनका लागि उहाँले आग्रह गर्नुभयो । अहिले हेटौंडा अस्पतालको स्तरउन्नती गरेर मेडिकल कलेजका रुपमा बिकाश गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो–अस्पताललाई ३ सय बेडका रुपमा बिकाश गर्ने गरी काम अगाढी बढेको छ । हेटौंडाको गौरीटारको रंगसाला निर्माण गरेर काम अगाढी बढाइएको उहाँको भनाई छ ।


कार्यक्रममा प्रदेश– ३ का प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले हेटौंडा एफ. एम किशोर अबस्थामा रहेर परिपक्व बन्दै गएको बताउनुभयो । अबका दिनमा अझै परिस्कृत बन्दै जाने उहाँको भनाई छ । अर्का प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठले राज्यका निकायले गरेका काम सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अधिकारको आन्दोलनमा एफ. एमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।


हेटौंडा एफ. एमका प्रबन्ध निर्देशक उज्वल चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उमप्रमुख मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटा, सिएनआइका प्रदेश ३ का अध्यक्ष ऋसीराम घिमीरे, उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्याल, नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ट, बलराम बल, जिल्ला खेलकुद बिकाश समिति मकवानपुरका अध्यक्ष माधब तिमल्सीना लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन हेटौंडा एफ. एमका निर्देशक शुदर्शन अधिकारीले गर्नुभएको थियो ।


अझै परिस्कृत हुने प्रतिबद्धता

 मकवानपुर जिल्लाको पहिलो स्वतन्त्र एफएम स्टेशन हेटौडा एफएम आफ्नो स्थापनको १३ औ वर्ष सफलतापुर्वक पुरा गरि आजबाट गौरवमय १४ औ वर्षमाप्रवेश गरेको छ ।०६२ सालको जनआन्दोलनको राप र तापले हुर्किएको यस एफएम शुरुमा ५ सय वाटमा स्थापना भएपनि हालभने १ हजार वाटमा संचालन हुदै आइरहेको छ । भैरवडाडावाट रिले प्रशारण गरिरहेको यस एफएमको १४ औ वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको हो । 


जिल्लामा संचारको अभावमा स्थापना भएको यस एफएमले लामो समयदेखि समाचार शिक्षा संवादलाइ महत्वदिदै आइरहेको र आगामी दिनमा पनि आवाज बिहीनहरुको आवाजमुखरीत गर्ने कुरामा सधै लागि रहने हेटौडा एफएमका प्रवन्धनिर्देशक उज्वल चौलागाइले वताउनु भयो । दैनिक २० घन्टा प्रशारण हुदै आइरहेको यस एफएम प्रत्येक घन्टा समाचार र प्रत्येक आधा घन्टामा छोटा समाचार दिदै प्रख्यात भएको एफएम स्टेशनहो । हेटौंडाको कमलडाडामा प्रशारण केन्द्र रहेको र हेटौंडा १ भैरबडाँडाबाट समेत रिले स्टेशन रहेको एफ. एमले अझै समाचार र कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजाने तयारी गरेको एफ. एमका प्रबन्धनिर्देशक चौलागाईले बताउनुभयो ।


जनआन्दोलनपछी बिभीन्न आरोह अबरोह पार गर्दै आएको एफ. एमले मकवानपुरका श्रोताका मन जित्न समेत सफल भएको चौलागाईले बताउनुभयो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top