मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 युवाहरु उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव छ –मुख्यमन्त्री पौडेल     महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला     हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै   

मकवानपुर समाचार

हेटौडा एफएम १४ औ वर्षमा प्रवेश


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

हेटौडा एफएम १४ औ वर्षमा प्रवेश

मकवानपुर जिल्लाको पहिलो स्वतन्त्र एफएम स्टेशन हेटौडा एफएम आफ्नो स्थापनको १३ औ वर्ष सफलतापुर्वक पुरा गरि गौरवमय १४ औ वर्षमाप्रवेश गर्दै छ । बैशाख २४ गते बाट एफ. एम १४ बर्षमा प्रबेश गर्न लागेको हो । 

०६२ सालको जनआन्दोलनको राप र तापले हुर्किएको यस एफएम शुरुमा ५ सय वाटमा स्थापना भएपनि हालभने १ हजार वाटमा संचालन हुदै आइरहेको छ । भैरवडाडावाट रिले प्रशारण गरिरहेको यस एफएमको १४ औ वार्षिकोत्सव समारोह भोली एफ एम मुख्यालयमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

जिल्लामा संचारको अभावमा स्थापना भएको यस एफएमले लामो समयदेखि समाचार शिक्षा संवादलाइ महत्वदिदै आइरहेको र आगामी दिनमा पनि आवाज बिहीनहरुको आवाजमुखरीत गर्ने कुरामा सधै लागि रहने हेटौडा एफएमका प्रवन्धनिर्देशक उज्वल चौलागाइले वताउनु भयो । दैनिक २० घन्टा प्रशारण हुदै आइरहेको यस एफएम प्रत्येक घन्टा समाचार र प्रत्येक आधा घन्टामा छोटा समाचार दिदै प्रख्यात भएको एफएम स्टेशनहो । हेटौंडाको कमलडाडामा प्रशारण केन्द्र रहेको र हेटौंडा १ भैरबडाँडाबाट समेत रिले स्टेशन रहेको एफ. एमले अझै समाचार र कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजाने तयारी गरेको एफ. एमका प्रबन्धनिर्देशक चौलागाईले बताउनुभयो । 

जनआन्दोलनपछी बिभीन्न आरोह अबरोह पार गर्दै आएको एफ. एमले मकवानपुरका श्रोताका मन जित्न समेत सफल भएको चौलागाईले बताउनुभयो । बार्षिक उत्सबकालागि भोलीएफएम प्राङगण भब्य कार्यक्रम गर्ने तयारी गरिएको                                                         उहाले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा प्रवन्धनिर्देशक चौलागाइले एफएमका श्रोता विज्ञापनदाता सहयोगी एव शुभ चिन्तकहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ । 









Copyright © 2017, All Rights Reserved ! Powered by :
Top