मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

मकवानपुर समाचार

इन्द्रसरोबरमा पर्यटक भित्र्याउन प्याराग्लाईडिङ परीक्षण


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा ।

इन्द्रसरोबरमा पर्यटक भित्र्याउन प्याराग्लाईडिङ परीक्षण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको मानब निर्मित इन्द्रसरोबर माथी प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा आन्तरिक तथा बायह पर्यटक भित्रयाउने उदेस्यले इन्द्रसरोबरताल माथी प्याराग्लाईडिङको पहिलो पटक परिक्षण गरेको हो ।


पर्यटकिय क्षेत्र इन्द्रसरोबर भएपनि त्यती धेरै पर्यटक नआएपछी प्याराग्लाईडिङको परिक्षण गरेर ब्याबसायीक रुपमा पछी काम गरीने गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनुभयो । कुलेखानीको इन्द्रसरोबरमा तीन स्थानबाट प्याराग्लाईडिङ गर्न मिल्ने भएपनि अहिले भने एक स्थानबाट मात्र परिक्षण गरिएको उहाँले बताउनुभयो । निजी क्षेत्रसंगको सहकार्यमा नागरिक उड्ययन मन्त्रालयबाट स्वीकृति लिएर काम गर्ने तयारी गाउँपालिकाले गरेको छ ।


गाउँपालिकाको पहलमा प्याराग्लाईडिङको परिक्षण गरिएको हो । इन्द्रसरोबरमा प्याराग्लाईडिङ चल्ने हो भने पोखरा लगायतका क्षेत्रमा जाने पर्यटकहरु मकवानपुरको इन्द्रसरोबरमा जाने निस्चित छ । इन्द्रसरोवर गाउँपालिका १ नम्बर मार्खुको इन्द्र सरोबर ताल माथि गुम्बा डाँडाबाट सफल परिक्षण भएको गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी बताउनुभयो ।


प्याराग्लाईडिङ परिक्षणको लागि गाउँपालिकाले प्याराग्लाईडिङ पाईलटको रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परिक्षण गराएको थियो । प्याराग्लाईडिङको सफल भए पश्चात गाउँपालिकाका अध्यक्ष लामाले पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाईडिङले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top