मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता

 प्रदेश नम्बर ३ सरकारले आउँदो जेठ महिनाको पहिलो हप्ता नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ । प्रदेश सरकार गठन भएपछी दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।


बैशाख ३० गते देखि बर्षे अधिबेशनको आवहान गरेको प्रदेश सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी थालेको हो । यसको तयारीका लागि कर्मचारीहरु निरन्तर काममा खटिएको उहाँले बताउनुभयो । प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिनेगरी नीति तथा कार्यक्रममा समेटिने मन्त्री ढुंगेलले बताउनुभयो । प्रदेशको सांस्कृतिक, भासिक, सामाजिक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याईने उहाँको भनाई छ ।


प्रदेश ३ का सातवटै मन्त्रालयले आफ्ना प्रस्तुतीकरणका कार्यक्रम राखिसकेपछी यही आधारमा नीति तथा कार्यक्रम ल्याउने तयारी छ । नीति तथा कार्यक्रममा मासु, दुध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण बर्ष सफल पार्ने, पुर्बाधार बिकाश लगायतका काम समेटिने गरी नीति तथा कार्यक्रम तयार हुँदै छ । संघिय सरकारको नारालाई प्रदेश सरकारले साथ दिनेगरी नीति तथा कार्यक्रम ल्याईने उहाँले बताउनुभयो ।


नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण गर्ने, कृषिमा स्वरोजगार सृजना गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने तयारी रहेको आर्थिक मन्त्रालयले जनाएको छ । यो कार्यक्रमका लागि आर्थिक मामिला मन्त्रालयका सबै महाशाखा, साकाका कर्मचारीहरु बिहान देखि बेलुका सम्म काममा खटिएका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top