मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी

नेपालपत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रत्येकवर्ष मे ३ का दिनविश्वभर विश्व प्रेस स्वतन्त्रतादिवस मनाइँदै आएको छ । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसलाई नेपाल पत्रकार महासंघले विविधकार्यक्रमसहित देशभर मनाउने निर्णय गरअनुसार पत्रकार महासंघ मकवानपुर साखाले प्रभातफेरी गरेर कार्यक्रम गरेको हो । हेटौंडाको सिमाचाकबाट निकालीएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै पुनसिमाचोकमाआएर कोण सभामा परिणत भएको थियो । 

नेपालपत्रकार महासंघमकवानपुर साखाले आज ‘लोकतन्त्र र शान्तिकालागि मिडियाः इन्टरनेटको युगमापत्रकारिता र निर्वाचन’भन्ने नाराका साथविश्व प्रेस स्वतन्त्रतादिवस मनाएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिब कृष्ण सारु मगरले प्रेशलाई अहिले पनि नियन्त्रणमा लिन खोजीएको बताउनुभयो । पत्रकारहरु जुनसुकै सरकारको पनि प्रतिपक्षको रुपमा काम गर्दै आएको उहाँले बताउनुभयो । 

कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले प्रेशलाई स्वतन्त्र रुपमा छोड्नु भन्दापनितीनै तहको सरकारले आफ्नो अनुकुलका समाचार नलेखेको भन्दै प्रेशलाई अंकुशलगाउनखोजेको बताउनुभयो । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकट गर्ने लगायतकाकाम सरकारबाट भएकाले यस्ता काम रोक्नकालागिअध्यक्षहुमागाईले माग गर्नुभयो । सबै दलका नेता, कार्यकर्ता र सरकारमा बसेकालाई लोकतन्त्रआएपनिपत्रकारका निम्तीलोकतन्त्रनआईसकेको उहाँले बताउनुभयो । 

सबैले लोकतन्त्रको अनुभुति गरिरहेको अबस्थामा पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गरेपछी हाम्रानिम्ति के को लोकतन्त्र?उहाँले प्रस्न गर्नुभयो । अझ सरकारमा बसेकाहरुका निम्ती मात्र लोकतन्त्रआएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष राममणि दाहालले लोकतन्त्र र पुर्ण प्रेश स्वतन्त्रताका लागि पत्रकारहरु लडिरहेको बताउनुभयो । कार्यक्रममा ब्रोकाष्टिङ एसोसियशन नेपाल बानका उपाध्यक्ष उज्वल चौलागाई, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्षहरु नबराज शर्मा, कौषल पाण्डे लगायतकाको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top