मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

मकवानपुर समाचार

गाँजाको यसरी हुँदोरहिछ मकवानपुरबाट ढुवानी


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

गाँजाको यसरी हुँदोरहिछ मकवानपुरबाट ढुवानी


हेटौंडा १५ रातोमाटेबाट प्रहरीले भारतिय नम्बर प्लेटको गाडी सहित एक जनालाई लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको भारतिय नम्बर प्लेटको बिआर २९७५६ नम्बरको टाटासुमोमा राखेर भारत निकासी गर्न लागिएको अबस्थामा ३१ केजी गाँजा सहित भारतिय नागरिक भारत बिहार मुजफ्फपुर सदातपुर ८ बस्ने २६ बािषर््य राजकुमार यादबलाई पक्राउ गरेको हो ।


चार वटा पोकामा लुकाएर लैजान लागेको अबस्थामा गाँजा सहित मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । टाटा सुमोको पछाडीको नम्बर प्लेट राख्ने भागमा फल्स बटम बनाएर गाँजाका चार वटा पोका राखेर निकासी गर्न लागिएको अबस्थामा बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले पक्राउ गरेको गाँजा, मानिस र सवारीका साधनलाई आजै सार्बजनिक गरेको छ ।यसैबीच 

मकवानपुर प्रहरीले सिरीन्जबाट प्रयोग गर्ने लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा १ स्थित टाटा सुमो काउन्टरबाट प्रहरीले लागूऔषध सहित ललितपुर महानगरपालिका वडानम्बर ८ बस्ने ३७ बर्षिय संजय महर्जनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल बरामद गरिएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top