मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

समाज

बिकाश निर्माणको काम गर्ने उपभोक्ता समिति मार्फत धेरै भ्रष्टाचार भएको छ : गौचन


  • समाज
  • 5 पटक पढिएको
हेटौंडा एफएम, २६ चैत/नेपाल निर्माण ब्याबसायी महाँसंघका अध्यक्ष शरद कुमार गौचनले नेपालमा बिकाश निर्माणको काम गर्ने उपभोक्ता समिति मार्फत धेरै भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ । निर्माण ब्याबसायी संघ मकवानपुरको २० औ बार्षिक साधारण सभाको आज हेटौडामा उध्घाटन् गर्दै उहाँले आम जनताले तिरेको करको पैसा अहिले पनि सरकारी निकायबाट दुरुपयोग भएको उहाँले बताउनुभयो ।

बिकाश निर्माणको काम गर्ने उपभोक्ता समिति मार्फत धेरै भ्रष्टाचार भएको छ : गौचन

 निर्माण ब्याबसायीहरुले तोकिएको ठेक्का भन्दा ४० प्रतिशत सम्म कम दरमा ठेक्का संझौता गरेर पछी पछुताउने गरेको उहाँले बताउनुभयो । देशमा निर्माण क्षेत्रको निति राम्रो संग नबनेमा बिकाशको गति पनि अगाढी बढ्न नसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल निर्माण ब्याबसायी महाँसंघका उपाध्यक्ष रुद्रप्रसाद शर्माले कम दरमा ठेक्का हाल्न छोडेर गुणस्तरिय काममा जोड दिनका लागि आग्रह गर्नुभयो । कार्यक्रममा महाँसंघका केन्द्रीय उपमहाँसचिब सूर्य तिमल्सीना, केन्द्रीय सदस्य हरिप्रसाद ढकाल, मध्यमाञ्चल क्षेत्रिय अध्यक्ष सुदिप श्रेष्ठ, संघका मकवानपुर पुर्ब अध्यक्ष हरिबंश बतौला, नेपाली काग्रेश मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्री लंसाल, राप्रपा मकवानपुरका सिताराम बतौला, नयाँ सक्ति पार्टीका राजन मैनाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बिनोद रिजाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्याल, नेपाल पत्रकार महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, हेटौडा अस्पताल बिकाश समितिका अध्यक्ष रमेश गिरी, निर्माण ब्याबसायी संघका साधारण सदस्य भगवान मैनाली लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम निर्माण ब्याबसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको हो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top