मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडा वजार क्षेत्रबाट ५० मिटर वाटो वन्दैन–मुख्यमन्त्री पौडेल     प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो     शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा   

राष्ट्रिय समाचार

भिमफेदी गाउँपालिका झिरघारीका भुकम्प पीडितको पिडा, चारबर्ष देखि टहरामै बास


  • राष्ट्रिय समाचार
  • 30 पटक पढिएको
भिमफेदी

भिमफेदी गाउँपालिका झिरघारीका भुकम्प पीडितको पिडा, चारबर्ष देखि टहरामै बास

  मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ९ झिरघारीका वासिन्दाहरु अझै पनि अस्थायी टहरोमानै बस्न बाध्य भएका छन् । बिनासकारी भुकम्प गएको चार बर्ष बिती सक्दा पनि भिरघारीका वासिन्दाहरु अस्थायी जस्तोको टहरोमानै बस्न बाध्य भएका छन् । भुकम्पका कारण घर ढले पछी फेरी घर निर्माण गर्नका लागि भिरालो र जोखिम युक्त जमिन भएका कारण सरकारले दिएको अनुदानमा घर निर्माण गर्नका लागि समस्या भएको झिरघारीका स्थानीय हरि रुम्बा बताउनुहुन्छ ।


अहिले पनि यहाँका अधिकांश घरहरु जस्ताले छाउने मात्र होईन । बार्नका लागि पनि यसैको प्रयोग गरिएको छ । त्रिभुवनराजपथ अन्तरगत पर्ने झिरघारीमा बिनासकारी भुकम्पमा परेर तीन जनाको मृत्यु भएको थियो । त्यती बेला जेनतेन अस्थायी टहरा बनाएका स्थानीय वासिन्दाहरु जमिन भासिने डरले अझैपनि पक्की घर बनाउनुको सट्टामा अस्थायी टहरामा बस्नका लागि बाध्य भएको स्थानीय वासिन्दाहरुले बताएका छन् । प्राबिधिकहरुले निरीक्षणपछी झिरघारीमा घर निर्माण गर्नका लागि समस्या भएको बताएका छन् । ‘गाउँका सबै घर भत्किएका छन, दुम्सीडाँडा नै चिरा–चिरा भएर फुटेको छ,’ स्थानीय ईश्वर मुक्तानले बताउनुभयो । दुम्सीडाँडा, अघोर, झिरघारी, कटुघारी गाउँका जमिन नै भासिएपछि ज्यान बचाउनका लागि गाउँले जम्मा भएर अस्थायी बास बनाउन लागेको मुक्तानले बताउनुभयो । 


(( 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top