मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

समाज

एमाले मकवानपुरको प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र


  • समाज
  • 42 पटक पढिएको
हेटौंडा एफएम, २६ चैत/स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ । सोहि अवसरमा आज हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ ।

एमाले मकवानपुरको प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र

 हेटौँडा उपमहानगरपालिका वडा नंबर १, वडा नंबर ११, वडा नंबर १३, वडा नंबर १५ तथा वडा नंबर १८ मा कार्यालयको शुभारम्भ भएको हो । आज भएको १ नंबर वडा भेलाले वडा कार्यालयको उद्घाटन गर्दै कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सय १ सदस्यीय वडा निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सहसचिव मिना लामा, अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा, नगर सहसंयोजक हरिबहादुर महत लगाएतको उपस्थिती रहेको थियो ।

त्यसैगरी वडा नंबर १३ मा पनि वडा निर्वाचन प्रचाप्रसार कार्यालयको शुभारम्भ भएको हो । एमाले पुर्व सचिव रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनोज वाईवाको अध्यक्षतामा २ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन समिति निर्माण भएको छ । त्यसैगरि आजै वडा नंबर ११ मा पनि वडा निर्वाचन कार्यालय शुभारम्भ भएको हो । कार्यालयको उद्घाटन जिल्ला अध्यक्ष मुनु सिग्देलले गरेकी हुन् । त्यस्तै वडा नंबर १५ चुरीयामाईमा पनि आजै वडा निर्वाचन प्रचारप्रसार कार्यालय निर्माण भएको छ । पर्षबहादुर भुजेलेको संयोजकत्वमा भएको भेलाले उनकै संयोजकत्वमा २ सय ५१ सदस्यीय वडा निर्वाचन प्रचारप्रसार समिति निर्माण गरेको थियो । कार्याक्रममा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लामा , एमाले नेताहरु श्रीधर पोखरेल, नविन सिग्देल सुनिल मोक्तान, प्रेमबहादुर भोम्जन लगाएतको सहभागिता रहेको थियो । त्यस्तै वडा नंबर १८ मा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालयको शुभारम्भ भएको छ । एमाले क्षेत्र नंबर १ का क्षेत्रीय  इन्चार्ज कमल विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य अनिल बाँनीया, क्षेत्रीय उपसचिव प्रकाश बाँनीया लगाएतको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top