मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी


  • मकवानपुर समाचार
  • 126 पटक पढिएको
हेटौंडा

प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी


 मकवानपुरका बिकट गाउँमा उत्पादन भएको गाँजा भारत निकासी गर्दा तस्करले फरक शैलीको प्रयोग गर्न थालेका छन् । एक पछी अर्को फरक शैलि परिबर्तन गर्दै गाँजा निकासी गर्ने गरेको रहस्य आज हेटौंडामा खुलेको छ । पछील्लो समय भारतिय नम्बर प्लेटका साना गाडीमा प्रहरीले गाँजा बरामद गर्दै आएको छ । तर सबै शैलि फरक फरक रहेका छन् ।


गाँजा निकासी गर्ने शैलि परिबर्तन गर्ने गरेको तथ्य फेला मकवानपुर प्रहरीले फेला पारेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा बरामद गर्ने क्रममा फरक शैलिले निकासी गर्न लागेको पाइएको छ । भारतिय नम्बरप्लेटको बिआर ३१ एम ५०५१ नम्बरको कारमा फल्स बटम बनाएर निकासी गर्ने क्रममा एक जना भारतिय नागरिक पनि पक्राउ परे । गाँजा निकासी गर्न लागेको कारको नम्बर प्लेट भन्दा माथी भारतिय सचिब लेखिएको थियो ।


सचिब लेखेपछी प्रहरीले सजिलै संग भारतिय भिआईपी भनेर बुझे पनि । केही प्रहरी चौकिमा गाँजा ओसारेका तस्करले भारतिय भिआईपी भनेर सलाम पनि ठोके । तर बुझ्दै जाँदा गाँजा ओसार्ने फरक शैलि परिबर्तन गरिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । फरक (फर।क तरिकाले गाँजा बोकेर निकासी गर्न लागिएको तथ्य थाहा पाएपछी भारतिय सचिब लेखिएको कार पनि प्रहरीको नियन्त्रणमा आयो । यस अघि कतिपटक गाँजा ओसार्ने क्रममा चौकिनै पिच्छेका प्रहरीले सलाम ठोकेर गाँजा निकासी गरेहोलान भनेर अहिलेपो थाहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीहरु बताउँछन् ।


गाँजा ओसार्ने शैलि परिबर्तन भएसंगै तस्करले फेरी अर्को शैलि अपनाउन सक्ने छन् । भारतिय नागरिक बिहार जिल्ला बैशाली ग्राम हसिकैवल वडा नंम्बर ५ बस्ने ३२ बर्षिय अमरजित सिंहले भारत निकासी गर्न लागेको गाँजा प्रहरीले बराममद गर्न सफल बन्यो । तिनताप्के  स्थित सडक खण्डमा चेकजाँचको क्रममा मनहरी तर्फबाट हेटौडा तर्फ आउदै गरेको कारलाई रोकी चेकजाँच गर्दा  कारमा चालक सिंह, गाडी र गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई राखेकोराखेको अवस्थामा ८ वटा पोकामा ४८ किलो ८ सय ग्राम लागु औषध गाँजा फेला पारेको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।


आठ केजी गाँजा सहित एक जना पक्राउ


हेटौंडा १५ रातोमोटेबाट प्रहरीले आठ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ५ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार भई आएका बारा प्रशौनी गाउँपालिका ५ बस्ने २२ बर्षिय पप्पु राय भरबाट आठ केजी गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उनको झोला खान तलासी गर्दा उक्त झोला भित्र चारपाटे २ वटा पोकामालागू औषध गाँजा ८ केजि फेला पारेको प्रहरीले जनाएको छ ।


माईक्रोबसमा लागूऔषध


हेटौंडा १५ रातोमाटेबाट प्रहरीले बिभीन्न प्रकारका लागूऔषध सहित एक जनालाई पक्राउ गरेकोे छ । बिरगंज तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना १ज१७३९ नम्बरको यात्रुवाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा सोही माईक्रोमा सवार भई आएका हेटौंडा ८ कमाने बस्ने बर्ष २६ को रुपक राईलाई पक्राउ गरिएको हो । उनको शरीर  खान तलासी गर्दा निजको साथबाट लागू औषध नाईट्रोभेट १० लेखेको ४ पत्तामा ६० ट्याबलेट फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top