मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

मकवानपुर समाचार

लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
हेटौंडा,१४ माघ ।

लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड


लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्ने सोमबार हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । साथी संस्था र माईती नेपाल मकवानपुरको आयोजनामा मकवानपुरको हेटौंडामा  सोमबार आयोजित सिड प्रतिबद्धताहरुको स्थानियकरण प्रादेशिक योजनामा लैङ्गिक मुलप्रबाहिकरण बिषयक कार्यक्रममा यस्तो बताईएको हो । 

कार्यक्रम प्रमुख अतिथी सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशमा महिला शिक्षा,महिला समाबेश को अवस्था साह्रै नाजुक नभएको बताउनुभयो । सभामुख श्रेष्ठले  क्षमता अभिबृदी नभाई महिलाको बिकास नहुने बताउँदै नेपालामा धेरै महिला हिंसा आर्थिक रुपमा मध्यम बर्गको परिवारमा हुने गरेको बताउनुभयो । यसैगरी हिंसा अशिक्षाको कारण महिलाहरु पछाडी पारिएको बताउनुभयो । मुल कुरा चेतना नै रहेको बताउदै श्रेष्ठले भन्नुभयो“ चीन आर्थिक रुपमा अगाडि छ तर,खै महिलाको प्रतिनिधित्व रु“ उहाँले विधि र प्रक्रियामा सुधार नभै समाज सुधार हुन नसक्ने बताउनुभयो । “कानून गलत भए संसद हाउस मै छलफल हुन सक्छ,त्यो पनि गर्न सकिन्छ“ उहाँले भन्नुभयोे । अहिले प्रदेश सरकार सबैप्रकारको नागरिक जमातको सहभागीतामा कानून बनाउने काममा लागेकोले त्यसमा सघाउन अनुरोध गर्नुभयो । लैङ्गिकताबारेको सन्धी सम्झौता, कार्यान्वयनमा देखिएको समस्याबारे मसिनो गरि छलफल हुनु पर्ने बक्ताहरुले बताएका हुन । कार्यक्रम सिडको नेपाल प्रतिनिधि बन्दना राणाले महिलाको सवालमा अझै धेरै काम गर्न बाकी रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगको आयुक्त यशोदा तिम्सिनाले सूचना आफूले लिएर हैन,सबैलाई दिएर माहान बन्न सकिने बताईउनुभयो । महिलाको सवालमा प्रदेश सरकारले बनाउने नीति कानूनमा लैङ्गिकताको सवाललाई ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेश सांसद जुनेली श्रेष्ट, यस प्रदेशका मुख्य न्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला समन्वय समिती मकवानपुका उपप्रमुख भगवती पुडासैनी, नेपाल पत्रकार महासंघ तीन नंमबर प्देशका अध्यक्ष प्रताप बिष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । माईती नेपाल, साथी र फाउन्डेसन फर जस्ट सोसाइटीको सयुक्त आयिजनामा आयिजित कार्यक्रम दुई दिनसम्म चल्ने छ । उद्घाटन कार्यक्रम आयिजक संस्था साथिको अध्यक्ष उमा साहको अध्यक्षतामा भएको हो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top