मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

राष्ट्रिय समाचार

माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
  • कलमपाटी
काठमाडौं – राष्ट्रिय गौरवको आयोजनामा देखिने समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बनाइने भनेको ‘वार रुम’को निर्माण कार्य अगाडि बढेको छ ।

माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?

‘वार रुम’ मा रहने ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ राख्नका लागि ठेक्का प्रकृया टुंगिएको छ । ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माणको जिम्मा चिनियाँ कम्पनी हुवावेले पाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विभिन्न तीनवटा कम्पनीले यसका लागि ठेक्का हालेको भए पनि तीनै कम्पनीको मापदण्ड नपुगेपछि चिनियाँ कम्पनी हुवावेको चाइना कम सर्भिसेस ९सिसिएस० लाई सोझै वार्तामार्फत ठेक्का दिइएको मन्त्रालय श्रोतले जनाएको छ ।
ठेक्का प्रकृया टुंगिसकेकाले अब छिट्टै ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ इन्स्टल गर्ने काम हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी करिब १० करोड रुपैयाँ खर्चिएर ‘वार रुम’ तयार पार्न थालिएको हो । ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ का लागि मात्रै ५ करोड ४२ लाखमा ठेक्का लगाइएको हो । ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ सहित टेक्निकल काम सकेपछि ‘वार रुम’ संचालनमा आउने कुँवरले बताउनुभयो । ‘वार रुम’ मा राष्ट्रिय गौरवका आयोजना र विकास निर्माणसम्बन्धी सम्पूर्ण गतिविधिको सचित्र र भिडियोसहितको स्क्रीन राखिने छ ।  ह्वाइट बोर्ड, चार्टलगायत हेर्नुपर्ने आयोजनाका सबै रिपोर्ट डिजिटलाइज्ड गरेर राखिने र कहीँ कतै समस्या निम्तिए त्यस स्थानबारे प्रत्यक्ष अवलोकन गरी तत्काल निर्णय गर्न सकिने गरि ‘वार रुम’ निर्माण भइरहेको हो ।विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य साना–ठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ‘वार रुम’को अवधारणा अघि बढाइएको हो । ‘वार रुम’ बाट सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान मद्दत पुग्ने प्रधानमन्त्री कार्यालयको दाबी छ । 

राष्ट्रिय गौरवका आयोजना लक्षित  

‘वार रुम’ सञ्चालनमा आएपछि विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या हल गरिने छ । यस्तै प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद ‘टेलिप्रिजेन्ट’ गर्न मिल्ने गरी ‘वार रुम’ मा ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ जडान गर्न लागिएको हो । विगतमा अन्तरमन्त्रालय एवं अन्तर कार्यालय विवादका कारण ठूला परियोजनाको काम निर्धारित समयमा नसकिएको तथा केही योजनाका काम प्रभावित समेत भएको उदाहरण छ । तर अबदेखि भने सरकारले अगाडि बढाएका योजनामा कतैबाट पनि अवरोध नआओस भनेर प्रधानमन्त्रीकै निगरानीमा ‘वार रुम’ राख्न लागिएको हो । ‘वार रुम’ संचालनमा आएपछि परीक्षणको रुपमा राष्ट्रिय प्राथमिकतामा रहेका ११ वटा आयोजनालाई लक्षित गरेर काम अगाडि बढाइने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । 

पहिलो चरणमा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच भिडियो संवाद

अहिले ठेक्का प्रकृया सकेर काम अघि बढेको भन्दै माघ अन्तिमसम्ममा पहिलो चरणको काम सम्पन्न हुने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । पहिलो चरणमा ‘वार रुम’ बाट प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद ‘टेलिप्रिजेन्ट’ गर्न मिल्ने गरी काम अघि बढेको उहाँले बताउनुभयो । ‘माघ मसान्तपछि प्रधानमन्त्रीले ‘वार रुम’ मा बसेर सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो सम्वादमार्फत सम्बन्धित प्रदेशमा देखिएको समस्यामा छलफल गर्नुहुने छ,’ प्रवक्ता कुँवरले भन्नुभयो । वार रुममा भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरण राखिनेछ । यस्तै ह्वाइट बोर्ड, चार्टलगायतका माध्यमबाट समस्या भएका आयोजनाहरुको रिपोर्ट राख्ने काम पनि हुने छ । सकेसम्म योजनामा विवाद आउन नदिने गरी काम गर्न निर्देशन हुने र कारणवश विवाद आए प्रधानमन्त्रीको तहबाटै हल गर्ने गरी यो रुम संचालन गर्न लागिएको हो । समस्या देखिएका योजनाबारे प्रधानमन्त्रीको तहबाटै सम्बोधन हुँदा सन्देश पनि राम्रो जाने र काम पनि छिटोछरितो रुपमा अघि बढ्ने भएकाले ‘वार रुम’को अवधारणा अघि बढाइएको प्रवक्ता कुँवरले बताउनुभयो । पहिलो चरणमा मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष संवादको काम सकिने र त्यसपछि भने राष्ट्रिय गौरवका आयोजनालाई कसरी द्रुत गतिमा लैजाने र त्यसमा आएका समस्या समाधान गर्न के कसरी सकिन्छ भन्नेबारे प्रविधि जडान गरिनेतर्फ काम हुने उहाँले बताउनुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top