मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

समाज

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका


  • समाज
  • 3 पटक पढिएको
  • कलमपाटी
३ पुस, जनकपुरधाम । धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् ।

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका

उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार गएराति नै बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले विदेशी चकलेट दिने भन्दै फकाएर बालिकालाई उखुबारीमा लगेका थिए ।

बालिकाको रक्तस्राव नरोकिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।बलात्कृत बालिकाकी आमा दृष्टिबिहीन हुन् । पक्राउ परेका बस्नेतले मादक पदार्थ सेवन गरेको खुलेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top