मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

राष्ट्रिय समाचार

निर्मला हत्या प्रकरणः आरोप स्वीकारेको भनिएका दुई जनाको डीएनए कञ्चनपुर पठाइयो


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • कलमपाटी
३ पुस, काठमाडौं । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ ।

निर्मला हत्या प्रकरणः आरोप स्वीकारेको भनिएका दुई जनाको डीएनए कञ्चनपुर पठाइयो

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९नास्ट० ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको हो । यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत दाबी गरेको जनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौंबाट रिपोर्ट पठाइएको पुष्टि गरे । डिल्लीराज विष्टविरुद्ध निर्मलाकी आमाले दिइन् जाहेरी ‘त्यहाँबाट पठाइएको छ । यहाँ आइपुगेपछि जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीहरुको रहवरमा खोलिनेछ ।’ स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको भए पनि नतिजा ‘हच्केका थिए । त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टामा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो । तर, दुवै ल्याबमा परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको प्रहरी अधिकारीहरुले दाबी गरेका छन् ।

योसँगै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा रहेका व्यक्तिहरु छुट्न सक्ने भएका छन् । उनीहरुलाई हाल प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थपेर राखेको छ । उनीमाथि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाएर हिरासतमा राखिएको थियो । उनले बयानमा आरोप स्वीकारेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् महाराजगञ्जस्थित ब्यूराको कार्यालयमा राति नै पुगेका थिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top