मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

मकवानपुर समाचार

सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत


  • मकवानपुर समाचार
  • 22 पटक पढिएको
सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको मकवानपुरमा स्वागत गरिएको छ । मकवानपुरको मनहरीमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन

सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत

'क्युपेक' मनहरी गाउँपालिका कमिटीले सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गर्दै मनहरी बजारमा दीप प्रज्वलन गरेको हो ।

मनहरी बजारको मुख्य चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै क्युपेक नेपालका केन्द्रीय सदस्य राजु आचार्यले सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बेला बेलामा बहस र छलफल भई क्युपेकसहितका श्रमसम्बद्ध संगठनहरुले दबाब दिइरहेकोमा अहिले आएर मूर्त रुप लिएको बताए । यो कार्यक्रमले समग्र मजदुर क्षेत्रलाई उत्साहित बनाएको उनले सुनाए । कार्यक्रमलाई सम्बोधन गर्दै क्युपेक मकवानपुरका कोषाध्यक्ष मनोज सुवेदीले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको अबधारणाले मूर्त रुप पाएकोमा खुसी व्यक्त गरे । पत्रकार शिवकुमार काशीले पनि मजदुहरु आर्थिक र भौतिक रुपमा सुरक्षित हुने अबस्था सामाजिक सुरक्षा कार्यक्रमे ल्याएको भन्दै सरकारलाई धन्यवाद दिए । क्युपेक नेपाल मनहरी गाउँपालिका अध्यक्ष गोविन्द घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपाल आबद्ध मजदुरहरु, शिक्षक, युवाहरु सहभागी रहेका थिए ।  







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top