मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

राष्ट्रिय समाचार

तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • कलमपाटी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो र अहिलेको कार्यकालमा समेत तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजनालाई प्राथमिकता दिनुभएको छ ।

तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग

पहिलोपटक प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते उहाँले दुई वर्षभित्र तुइन हटाउने घोषणा गर्नुभएको थियो । घोषणा मात्रै होइन, उहाँले केही समयपछि फोटो खिच्नलाई तुइन नभेटिने समेत बताउनुभयो । तर यस्तो घोषणा भएको तीन वर्ष बितिसक्दा पनि देशभरबाट तुइन हटाउने योजनाले पूर्णता पाएको छैन । 

अहिलेसम्मको प्रगति 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालको पहिलो मन्त्रीपरिषद् बैठकबाट २ वर्षभित्र तुइन हटाउने निर्णय गर्नुभएको हो । लगत्तै देशभरबाट तुइनको विवरण संकलन भयो । सुरुमा १ सय ७१ ठाउँको तुइन हटाएर झोलुंगे पुल बनाउनुपर्ने माग आएकोमा पछि १६ वटा थपिएर १ सय ८७ पुगे । 

तीमध्ये ८१ वटा तत्कालीन जिल्ला विकास समिति र १ सय ६ वटा सस्पेन्सन बृज डिभिजनबाट काम गर्ने भनियो । तीन वर्षको अवधिमा १ सय १० वटा तुइन विस्थापन भएको पछिल्लो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन बृजका सिनियर डिभिजनल इन्जिनियर हुमाकान्त मिश्रका अनुसार अहिले २० वटा झोलुङ्गे पुल निर्माणको चरणमा छन् । तीमध्ये सस्पेन्सन बृजले १५ र जिल्ला समन्वय समितिबाट ५ वटा निर्माण भैरहेका छन् ।

बाँकी ७७ को अवस्था

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमै माग भै आएकामध्ये बाँकी रहेका ७७ तुइन बन्नुपर्ने हो । तर सम्भाव्यता नभएका र दोहोरिएका भनेर ५२ वटालाई हटाइएको छ । दार्चुलाको ४ र बैतडीको एक गरी ५ वटा ठाउँमा भारत सरकारबाट निर्माणको सहमति आउन सकेको छैन । यसरी ५७ बाहेक २० वटा ठाउँमा झोलुङ्गे पुल बनाउने काम भैरहेको छ ।

सरकारले नयाँ तुइन बनाउन रोक लगाएको छ । गएको साउन १८ गते संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सबै स्थानीय तहलाई तुइन विस्थापन र झोलुङ्गे पूल आवश्यक भए माग गर्न परिपत्र गरे अनुसार केही माग फेरि पनि थपिएका छन् । तर ती मागको अध्ययन भैरहेको छ । नयाँ थपिएका अध्ययनको चरणमा छन्, बाँकी २० वटा झोलुङ्गे पूल बनिसक्न चालू आर्थिक वर्षको अन्तिम पनि कुर्नु नपर्ने सस्पेन्सन बृजका सिनियर डिभिजनल इन्जिनियर मिश्रले बताउनुभयो । 

यी हुन् भारतले असहयोग गरेका ठाउँ

दार्चुलामा महाकाली नदीमा बनाउनुपर्ने चारवटा र बैतडीको पञ्चेश्वरघाटमा बनाउनुपर्ने पुलमा भारतले अनुमति दिएको छैन । दार्चुलाको बडगाउँ, बर्ति, मल र बाकु तथा बैतडीको पञ्चेश्वर गरी ५ पुलमा निर्माण सहमति प्राप्त हुन बाँकी रहेको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको सिनियर डिभिजनल इन्जिनियर मिश्रले जानकारी दिनुभयो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top