मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 युवाहरु उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव छ –मुख्यमन्त्री पौडेल     महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला     हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै   

समाज

विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन


  • समाज
  • 1 पटक पढिएको
२६ भदौ, तौलिहवा । कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् ।

विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

 यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी खोजिदिन अनुरोध गर्दै निवेदन दिएकी छन् ।

अभिभावकको निवेदनको आधारमा खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय पिप्राका इन्सपेक्टर चन्द्र केसीले जानकारी दिए । उनले भने, ‘उनको फोटो र हुलियासहित सबैतिर परिपत्र गरेका छौं । खोजतलास तीव्र बनाएका छौं ।’ प्रत्यक्षदर्शीका अनुसार सो दिन बसन्ता बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग देखिएकी थिइन् । सीता पनि परिवारको सम्पर्कमा नआएको भन्दै उनका श्रीमान शिव परियारलेसमेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएका छन् ।
इन्सपेक्टर केसीले भने, ‘बसन्ताको आमा सुनिता र सीताको श्रीमान शिवले संयुक्तरुपमा निवेदन दिनु भएको छ । सुनिताले छोरी बसन्ताको फोटो पनि दिनु भएको छ तर, शिवले भने फोटो दिनु भएको छैन, टेलिफोन नम्बर मात्र छाड्नुभएको छ ।’ प्रहरीले अनुसन्धानको लागि कल डिटेल झिकाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ‘अदालतबाट अनुमति पाउनासाथ टेलिकमबाट कल डिटेल झिकाएर थप अनुसन्धान अगाडि बढ्छ,’ इन्सपेक्टर केसीले भने ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top