मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

राष्ट्रिय समाचार

बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग


  • राष्ट्रिय समाचार
  • 36 पटक पढिएको
–मेची महाकाली विद्युतीय रेलमार्ग विस्तार गर्दा बजार क्षेत्र धेरै परेपछि बुटवलमा लाइओभर’ अर्थात आकाशे पुल बनाइने भएको छ । स्थानीयले घना वस्ती उठाउन नदिने अडान लिएपछि चिनियाँ कम्पनी सिवानले आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार गरेको हो ।

बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग

रेलमार्गका लागि सर्वे गरिएको बुटवल–लमही खण्डअन्तर्गत बुटवलको कालिका नगर क्षेत्रमा करिब १ सय ठूला घर छन् ।  स्थानीयले यति ठूलो बस्ती उठाएर रेल लैजान नदिने भन्दै बिरोध गरेपछि रेल विभागले आकाशेपुलको अवधारणा ल्याएको हो । रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार सिवानले डिपिआरको डाफ्ट मन्त्रालयमा बुझाइसकेको छ । त्यसमा कालिकानगर पूर्वबाट तिनाउ पारिसम्म करिब साढे २ किलोमिटर क्षेत्रफलमा आकाशे पुल बनाउने उल्लेख छ । यसका लागि कालिकानगरको पूर्वतर्फ जंगलमा रेल स्टेसन बनाउने र स्टेसनबाट कालिकानगर हुँदै तिनाउ पारिसम्म ८ देखि ९ मिटर अग्लो पिल्लर राखेर आकाशेपुल बनाइने उपाध्यायले जानकारी दिनुभयो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top