मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

मकवानपुर समाचार

ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
मकवानपुर – हेटौंडाको सबै ओम्याक्स सिने हलमा लागेको आगो दुई घण्टापछि निभाइएको छ । हेटौंडा उप–महानगरपालिका र आयल निगमको दमकलले आगो निभाएको हो । आगलागीबाट हल भित्रका सबै सामानहरु जलेर नष्ट भएका छन् । हेटौंडाको पहिलो अत्याधुनिक हल ओम्याक्स हल आगोलागीले क्षण भरमै ध्वस्त भएको छ ।

ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो

२०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल बुधबार बिहान १० बजे आगलागी हुँदा दुई घण्टामा नै ध्वस्त भएको हो । हल चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य रहेका नरेन्द्र महर्जनको हो । तीन करोड लागतमा निर्माण गरिएको ओम्याक्स हेटौंडामा बनेको सुविधा सम्पन्न पहिलो हल थियो । ८ कठ्ठा क्षेत्रफलमा बनेको हलमा एक साथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्थे । अहिले हलमा कायरा फिल्म प्रर्दश भइरहेको थियो ।

सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्स फिल्म हल काठमाडौंको सिभिल महलको जस्तै क्यूएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन रहेको थियो । काठमाडौंको जय नेपाल हलमा भए जस्तै व्यवस्थापन रहेको हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधा थिए । सिनेमा हलले १५ जनालाई रोजगार दिएको थियो । सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । ओम चलचित्र हल २०४४ सालमा स्थापना भएको थियो । केही महिनाअघि मात्र हलको मर्मत गरेर सिट तथा कार्पेट परिवर्तन गरिएको थियो ।

आगोलागीले हल भित्र रहेका सबै उपकरणसहित भवन समेत ध्वस्त भएको छ । दुई तलाको फिल्म हलमा आगलागी भएको हो । विद्युत लाइन मर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर आजलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । हलमा लागेको आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दाहरु, हेटौंडाका युवाहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो ।

हेटौंडामा एउटा मात्र दमकल रहेकाले छिटो आगो निभाउनका लागि समस्या भएको हो । आगो निभाउनका लागि बाराको अमलेखगन्जमा रहेको नेपाल आयल निगमको दमकल र हेटौंडा उप–महानगरपालिकाको दमकलले आगो निभाउने काम गरेको थियो । चितवन र वीरगञ्जबाट समेत आगो निभाउन दमकल मगाइएको भए पनि दमकल आउनुभन्दा अगाडि नै आगो निभाइएकाले ती दमकललाई बाटोबाटै फर्काइएको छ । आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भए पनि एकीन तथ्यांक भने आइसकेको छैन् । बुधबार बिहान आठ बजेपछिको फिल्मको सो’ नभएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीको भनाई छ । आगो लाग्ने बितिक्कै हलमा कार्यरत कर्मचारी भने बाहिर निस्किएर भाग्न सफल भएका थिए । हलभित्र रहेका सबै सामानहरु जलेर नष्ट भइसकेको छ । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top