मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

राष्ट्रिय समाचार

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ?


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
२३ साउन, काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ?

तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका छैनन् । त्यसलाई सम्बोधन गर्न सरकारले नागरिकता ऐन २०६३ संशोधन विधेयक संसदमा दर्ता गराएको छ । विधेयकअनुसार आफू, बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिक रहेको र पछि विदेशी मुलुकको नागरिकता पाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउने सक्ने छन् ।

प्रस्तावअनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहेको आफैं वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेश गर्नु पर्नेछ । अरु प्रमाणका साथै नेपालको संविधान र कानुन परिपालना गर्ने प्रतिवद्धता पत्र पनि पेश गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top