मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

राष्ट्रिय समाचार

विप्लव समूहका प्रवक्ता प्रकाण्ड पक्राउ


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
२३ साउन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।

विप्लव समूहका प्रवक्ता प्रकाण्ड पक्राउ

पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । पक्राउ परेका प्रकाण्डलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ । कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए । माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागे । हाल उनी सो पार्टीको प्रवक्ता छन् ।

जनयुद्धमा लागेका बेला खड्गबहादुर दुईजना भाइहरु सुरक्षा पाmैजबाट मारिएका थिए । जनयुद्धमा माइलो भाइ सिंहबहादुर बिक र साइलो अमरबहादुर बिक मारिएका थिए । प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेर ०४७ सालमा पार्टी सदस्यता पाएका हुन् ।

पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् । प्रहरीले बिकलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ । बिकका सहयोगी प्रेम दर्नालको फोन स्वीच्ड अफ रहेकाले उनी पनि पक्राउ परेको हुन सक्ने पार्टीका एक कार्यकर्ताले अनलाइनखबरलाई बताए ।

बिकलाई प्रहरीले गिरफ्तार गरेको विषयमा सो पार्टीका नेताहरु बुधबार बिहानसम्म बेखर थिए । उनलाई प्रहरीले टेकूमा ल्याएका बेला एकजना सुभेच्छुकले फोन गरेर पार्टी नेताहरुलाई सूचना दिएका थिए । यसैवीच प्रहरीले बुधबार बिहान कपनस्थित बिकको डेरामा छापा मारेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top