मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख


  • समाज
  • 10 पटक पढिएको
२३ साउन, काठमाडौ‌ं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस–सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस– सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशनसमेत दिएको छ । वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस–सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जस अनुसार कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ लाख ८६ हजार रुपैयाँ दिने निर्णय गरेको हो’, स्वास्थ्य मन्त्रालय, निति, योजना तथा कार्यान्वयन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने ।

मन्त्रालयसँग उक्त रकम नभएका कारण हाललाई मन्त्रालयले वीर अस्पतालमार्फत नै उक्त रकम लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले भने मन्त्रालयबाट पठाएको पत्रबारे जानकारी नभएको बताए । त्यो पत्र आएको भन्नेबारे मलाई जानकारी भएन । यदि आएको रहेछ भने बसेर चर्चा गरौला’, उनले भने ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top