मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

पर्वतमा बस दुर्घटना हुँदा १९ जना घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
पर्वत – जोमसोमका लागि छुटेको यात्रुबहाक बस पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पर्वतको बेतेनीमा दुर्घटना भएको छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् ।

पर्वतमा बस दुर्घटना हुँदा १९ जना घाइते

पोखरा–बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट खसेको थियो । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट सुरक्षाकर्मीको टोली पुगेर उद्धार गरिरहेको छ । घटनामा गम्भीर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वतमा पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top