मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण


  • राष्ट्रिय समाचार
  • 30 पटक पढिएको
पाल्पा ( सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण

पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानी महल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले बिहिबार काठमाडौंमा रानीमहल हस्तान्तरणसम्बन्धी १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको समझदारीमा महलको व्यवस्थापन, सञ्चालन र मर्मत सम्भार गर्दा सरकारको अनिवार्य स्वीकृति तानसेन नगरपालिकाले लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आय आर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गर्नुभयो । 

उहाँले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने पनि स्पष्ट पार्नु भयो । १० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पूरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

विक्रम संवत १९५४ मा खडगशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा निर्माण गरिएको यो महलको ऐतिहासिक महत्व रही आएको छ । आकर्षक कलाकृतिले सजिएको यो महललाई ‘नेपालको ताजमहल’ को रुपमा पनि चिनिन्छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top