मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

सरकार र गोविन्द केसी पक्षबीच पुनः वार्ता हुँदै, नेम्वाङ भन्छन् – आजै सहमति


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
बुधबार साँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः ट्रयाकमा आएको हो ।

सरकार र गोविन्द केसी पक्षबीच पुनः वार्ता हुँदै, नेम्वाङ भन्छन् – आजै सहमति

प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुन लागेको हो । साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले सरकारी वार्ता टोलीलाई एमाले स‌ंसदीय दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेटसहितको निर्देशन दिएका छन् । नेम्वाङले संसदको प्रक्रियाबाटै डा। केसीका माग सम्बोधन हुने सहमति भएको बताए । प्रधानमन्त्री र डा। केसीतर्फका वार्ताकारबीच बुधबार मध्यरातमा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा लामो छलफलपछि अनौपचारिक सहमति भएको थियो । वार्तापछि बिहीबार बिहान २ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका केसी पक्षका वार्ताकारले प्रधानमन्त्री ओलीसँगको वार्ताको प्रगति अनसनरत डा। केसीलाई सुनाएका थिए । त्यस्तै बिहीबार बिहान प्रधानमन्त्रीसँग सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा। धर्मकान्त बास्कोटा र प्रधानमन्त्रीकी निजी चिकित्सक डा। दिव्या सिंह शाहले केसीका मागका सन्दर्भमा छलफल गरेका थिए ।

ओलीले चरणबद्ध छलफलपछि सरकारको म्याण्डेट नेम्वाङमार्फत सरकारी वार्ता टोलीलाई दिएका छन् । वार्ता भाँड्ने राजनीतिक चलखेलप्रति केसी पक्ष सजग हुनुपर्ने प्रधानमन्त्रीले बताएका थिए । केसी पक्षले पनि प्रधानमन्त्रीको पहल सकारात्मक रहेको भन्दै ओलीको प्रतिनिधिका रुपमा डा। केसीलाई भेट्न शिक्षण अस्पताल आउन नेम्वाङलाई आग्रह गरेको थियो । ‘डा। केसीको तर्फबाट उहाँलाई भेट्न नेम्वाङ आइदिनुपर्‍यो भन्ने कुरा आएको हो । नेम्वाङले वार्ताबाट सहमति हुने कुरामा सकारात्मक भएमा मात्र आउँछु, नत्र मुख हेराहेर गर्न मात्र किन आउने भन्नुभयो । सम्भवतः साँझसम्म सहमति हुन्छ र त्यसअघि ओलीको प्रतिनिधिका रुपमा नेम्वाङ अनसनस्थल पुग्नु हुनेछ’, प्रधानमन्त्रीका एक सहयोगीले भने ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top