मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
काठमाडौं-सरकारले रुट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले रुट परमिट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने तयारी गरेको हो । विभागका निर्देशक तुल्सीराम अर्यालले विभिन्न स्थानमा अनुगमन भईरहेको भन्दै लागत संकलन पछि संचालन नभएका सवारी साधनको रुट परमिट खारेज गरिने बताए ।

सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने

विभागले रुट परमिट खारेज गरेपछि सरकारले ती सवारी साधनलाई नियन्त्रणमा लिई आफै संचालन गर्ने तयारी गरेको छ । शुक्रबार मुलुकभर २४ वटा कम्पनीको ७ सय १७ वटा बस संचालनमा छन् । केही विद्यालयका सवारी साधनलाई पनि सार्वजनिक यातायातको रुपमा संचालनमा ल्याईएको छ । विभागले व्यवसायीले सवारी साधन संञ्चालनमा अवरोध पुर्याएमा निजी कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालय लगायतका सवारी साधनलाई सार्वजनिक यातायात सेवाको रुपमा संचालनमा ल्याउने तयारी गरेको छ ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा शुक्रबार मुलुकभर सार्वजनिक यातायात सेवा बन्द आव्हान गरेका छन् । सिन्डिकेट विरुद्ध सरकार कडारुपमा प्रस्तुत भएपछि शुक्रबार यातायात व्यवसायीहरुले सार्वजनिक यातायात ठप्प पारेका छन् । व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेलगत्तै गृह मन्त्रालयले यातायात समितिका पदाधिकारीलाई पक्राउको तयारी गरेको छ । वैशाख ५ गतेदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीहरुले शुक्रबार आफ्ना सवारीसाधनलाई ग्यारेजमै थन्काएका थिए । जसका कारण शुक्रबार यात्रुहरुले सास्ती बेहोरेका छन् ।  सार्वजनिक सवारीसाधनलाई अत्यावश्यक सेवामा राखेर परिभाषित गरिएको छ । अत्यावश्यक सेवामा बन्द र हड्ताल गर्न नपाउने कानुन बमोजिम यातायात बन्द गराउने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुमा निर्देशन जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने कानुनअनुसार उनीहरुलाई पक्राउको तयारी गरिएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top