मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश ३ मन्त्रिपरिषद बैठकको १२ वटा निर्णय     हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग सञ्चालनमा     हेटौंडाको कर्रा र राप्तिखोला सरसफाईसंगै हरियाली बनाइदै     मकवानपुरको कुलेखानीमा उच्च सतर्कता     हेटौंडाका चार प्रदेश कार्यालयमा मन्त्री दुलालको छड्के     साउन देखिनै बजेट कार्यान्वयनको तयारी गर्दै प्रदेश ३ सरकार     जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु    

समाज

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो


  • समाज
  • 13 पटक पढिएको
२१ वैशाख, काठमाडौं । भारतीय नाकाबन्दीका बेला यात्रुले सास्ती पएपछि जन्मिएको फेसबुक अभियान ‘कारपूल काठमाडौं‘ फेरि ब्युँतिएको छ । काठमाडौंमा यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत कारपूल अफर गर्नेहरु थुप्रै देखिएका छन् ।

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

सवारी नचलेपछि हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएकाहरुले यो ग्रुप प्रयोग गरिरहेका छन् । सार्वजनिक सवारी बन्द भए पनि निजी मोटरसाइकल र कारहरु सडकमा चलेका छन् । त्यसैले आफू जाने गन्तब्यसम्म लिफ्ट अफर गर्न यो प्लेटफर्म प्रयोग गर्न थालेका हुन्, युवा अभियन्ताले । अहिले ‘कारपूल काठमाडौं’मा झण्ढै १ लाखभन्दा बढी व्यक्ति जोडिएका छन् । विहानैदेखि यो ग्रुपमा निजी सवारी धनीले यात्रुलाई लिफ्ट लिनका लागि अफर गरिरहेका छन् । हड्तालविरुद्ध लड्न लिफ्ट दिन अपील गर्दै पोष्टहरु भएका छन् ।

एक्लै आफ्ना सवारी साधनमा निस्कँदै गर्दा फेसबुकको यो कारपुल ग्रुपमा लिफ्ट अफर गरेर पोष्ट गर्न सकिन्छ । यसमा आफूलाई सो रुटमा जानुपर्ने भएर सामाजिक सञ्जालमै आवश्यक पर्ने यात्रुले लिफ्ट माग्न सक्छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top