मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
प्यूठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ । मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ की राधिका धामीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्य भएलगत्तै आक्रोशित मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।

जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड

मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने  भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीको आफन्त उर्मिला थापाले बताइन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ । 

यता जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले अप्रेसनपछि २४ घण्टासम्म केहि खान नदिनु भन्ने डाक्टरको सुझावलाई वास्ता नगरी  आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको  बताए । बिरामीको आफन्तहरुले भने डाक्टरहरुको लापारबाहिका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् । अप्रेसन थ्रिएटरमै तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा ब्यवस्था मिलाईएको प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top