मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

मकवानपुर समाचार

हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने


  • मकवानपुर समाचार
  • 14 पटक पढिएको
नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट मकवानपुर जिल्लामा सित्तैमा वितरण गरिदैछ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने भएको हो । सिमकार्ड बितरणको लागि नेपाल टेलिकम हेटौंडाको कार्यालयमा निशुल्क सिमकार्ड बितरण सचिवालय सञ्चालन गरिएको छ ।

हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने

जसअन्तर्गत विद्यार्थीलाई  ५० रुपैयाँको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइनेछ । अफरमा थप विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा महिनाको ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने छ । यो सुविधाको उपभोग गर्ने अवधि ७ दिनको हुनेछ । एसईई परीक्षा दिएका विद्यार्थीले यो अफर अन्तर्गतको सिम लिन विद्यालयको परिचयपत्र वा परीक्षाको प्रवेशपत्र, फोटो र अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ ।

त्यसैगरी उच्च मावि वा माथिल्लो तहका विद्यार्थीले आफ्नो वा अभिभावकको नागरिकता, आफ्नो फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । यो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा बढीको रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top