मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

मकवानपुर समाचार

हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
मकवानपुर, ७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्वयम्भु डाँडामा अवस्थित टासिहिसे गुम्बाको आयोजनामा गुम्बा परिसरमा ३ दिने "फुर्वा पूजा" सुरु भएको छ । गौतम बुद्धको २५६२ औँ शुभ जयन्तीका अवसरमा सम्पूर्ण मानवजातिको सुख, शान्ति एवं समृद्धिको लागि "फुर्वा पूजा" बज्र किलाय महानपूजा तथा वाङ अभिषेकको आयोजना गरिएको हो ।

हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु

बैशाख ६ गते देखि नै अनौपचारिक रुपमा सुरु भएको पूजामा बैशाख ७ गतेसम्म तोर्मो तोर्सेङ गरिने भएको छ । त्यस्तै बैशाख ८ गतेबाट पूजा आरम्भ गरिने गुम्बाका अध्यक्ष कालु घलानले जानकारी दिए । पूजा अन्तर्गत बैशाख ९ गते सामुहिक ग्रह शान्ति तथा बैशाख १० गते वाङ अभिषेक तथा पूजा समापन गरिने कार्यक्रम रहेको छ । "फुर्वा पूजा" गरेमा दशाग्रह कट्नुका साथै मानव समुदायमा शान्ति स्थापना हुने विश्वास रहेको अध्यक्ष घलानले बताए । पूजामा विभिन्न लामा गुरुहरुका साथै भक्तजनहरुको सहभागीता हुने बताइएको छ । वि.सं. २०५६ सालमा स्थापना भएको गुम्बाले बौद्ध धर्म संस्कार अनुसार विभिन्न कार्यहरु गर्दै आएको छ । साथै तामाङ समुदायका विशेष परम्परा र रितिरिवाजको लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top