मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

राष्ट्रिय समाचार

छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
दमक (घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ "गुरुङ" रहेको छ ।

छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

डुबेर बालिकाको मृत्यु

नुवाकोट( विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ । सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top