मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

राष्ट्रिय समाचार

गुन्डा नाइके दीपक मनाङे जेल चलान


  • राष्ट्रिय समाचार
  • 35 पटक पढिएको
७ बैशाख, काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् ।

गुन्डा नाइके दीपक मनाङे जेल चलान

बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । र, उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० मोहन थापाले अनलाइनखबरलाई बताए । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्रेस भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । तर, उनी फेला परेनन् ।

ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए । यसअघि गौशालाबाट पेस्तोलसहित पक्राउ परेका अर्का गुन्डा नाइके गणेश लामा पनि डिल्लीबजार कारागारमै छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top