मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

राष्ट्रिय समाचार

तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते


  • राष्ट्रिय समाचार
  • 42 पटक पढिएको
७ वैशाख, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।

तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते

घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ कि ३८ वर्षीया उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीया विन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का २४ वर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका–४ कि१५ वर्षीया स्नेहा गुरुङ रहेका छन् । घाइते सबैजनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी जवान सुदीप सापकोटाले दिएको जानकारीअनुसार गाडीमा २६ जना यात्रु सवार थिए ।

प्रहरीले चालक निदाएका कारण बस दुर्घटना भएको अनुमान गरे पनि पुष्टि भने भइसकेको छैन । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जानकारी जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले दिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top