मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

राष्ट्रिय समाचार

फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु


  • राष्ट्रिय समाचार
  • 26 पटक पढिएको
काठमाण्डौ ( तराईरमधेश जोडने दु्रतमार्ग ९फास्ट ट्रयाक० निर्माणको ब्यवस्थापकीय जिम्मेवारी पाएको नेपाली सेनाले पहिलो चरणको काम सुरु गरेको छ ।

फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु

 ८ वटा राष्ट्रिय स्तरका ठेकेदार कम्पनीसँग मिलेर सेनाले पाँच ठाउँमा ट्रयाक खोल्ने काम थालेको हो । काठमाण्डौको मख्खुवेशी, मकवानपुरको सिस्नेरी दोभान, लेन डाँडा, बुदुने तथा बाराको बागदेव गरी पाँच ठाउँमा ट्रयाक खोली माटो काट्ने, सम्याउने, नाला निर्माण गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, रुख काटने लगायतका काम भईरहेको सौनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ट्रयाक निर्माण आयोजना व्यवस्थापनको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष एवं नेपाली सेनाका रथी पूर्णचन्द्र थापाले थप ४ स्थानमा पनि केही समयभित्रै काम सुरु हुने बताउनुभयो । ललितपुरको खोकना, मकवानपुरको ठिंगन तथा राजदमार र बाराको निजगढमा सेनाले आवश्यक जनशक्ति परिचालन गरिसकेको र ठेकेदार कम्पनिले केही दिन भित्रै काम सुरु गर्ने उहाँले बताउनुभयो । आयोजनामा परेका निजी तथा ऐलानी जग्गाको मुआब्जा र घर टहराको क्षतिपूर्ती वितरण सुरु गरिएको नेपाली सेनाले जनाएको छ । ललितपुरको बुङमती र खोकनामा मुआब्जा वितरणमा विवाद देखिएको छ । विवाद निराकरणको लागि सम्बन्धीत निकाय, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवाला पक्षसंग छलफल भईरहेको थापाले जनाउनुभयो ।





Copyright © 2017, All Rights Reserved ! Powered by :
Top