मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

समाज

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ


  • समाज
  • 1 पटक पढिएको
महोत्तरी, फागुन २५ । महोत्तरीको सीतापुर, भंगहामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको छ ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

पक्राउ पर्नेमा सीतापुर, भंगहा वडा नम्बर–६ बस्ने १९ वर्षीय सुभाष विक, सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राय थारु, वर्ष २२ कै प्रदीपसिंह थारु र २६ वर्षीय गोविन्दकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । गत सोमबार राति साढे ९ बजेतिर घरबाट बाहिर पिसाब फेर्न निस्किएकी २२ वर्षीया युवतीलाई लुकेर बसेका ती युवाहरुले सोही ठाउँको एक खेतमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

घर गएर ती युवतीले आमा–बुवालाई भनेपछि सोको भोलिपल्ट नै प्रहरीमा गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top