मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग     सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन     धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ     मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त     माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?     आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या     उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका   

समाज

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी


  • समाज
  • 1 पटक पढिएको
इलाम, फागुन २३ – इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा ४ हजार ८ सय ०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने ४ हजार १ सय ५४ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

यो संख्यामा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या ६ सय ५१ ले बढी देखिन्छ । सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका दिपेन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका चार हजार ३ सय २२ जना छन् भने २० वर्ष मुनिका ४ सय ८३ जना रहेको बताइएको छ । 

कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१र०७२ मा १ हजार १ सय ७४ जना, ०७२र०७३ मा १ हजार ८ सय १५ जना र ०७३र०७४ मा १ हजार ८ सय १६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै, ०७१र०७२ मा १ हजार ४ सय ७० जना, ०७२र०७३ मा १ हजार २ सय ८८ जना, ०७३र०७४ मा १ हजार ३ सय ९६ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ । भौगोलिक बनावटमा विविधता भएका कारण इलामका विभिन्न स्थानमा २२ वटा स्वास्थ्य संस्था तथा बर्थिङ्ग सेन्टरले सुरक्षित गर्भपतन तथा प्रसुती सेवा दिँदै आइरहेका छन् । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top