मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

राष्ट्रिय समाचार

वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, फागुन २३ – वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको हो । भण्डारीको प्रस्तावकमा नेता माधव नेपाल, भिम रावल, इश्वर पोख्रेल, सुवास नेम्वाङ र ओनसरी घर्ती हुनुहुन्छ । त्यस्तै उहाँको समर्थकमा नेता रामबाबु थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ ।

वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता

भण्डारीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा पदीय भूमिकामा प्रश्न उठ्ने कुनै काम नगरेको जिकीर गर्नुभयो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले पार्टीको निर्णयबाट नै आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

एमाले नेता सुवास नेम्वाङले भण्डारीको उम्मेदवारी स्वभाविक भएको बताउनुभयो । भण्डारीको उम्मेदवारका प्रस्तावक समेत रहेका नेम्वाङले संविधानमा दुई कार्यकाल राष्ट्रपति हुन पाउने व्यवस्था भएकाले भण्डारीको उम्मेदवारी स्वभाविक भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठेको छ ।

तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top