मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

स्वास्थ्य

किन दुख्छ ढाड ? यस्ता छन कारणहरु ।


  • स्वास्थ्य
  • 46 पटक पढिएको
हामीमध्ये धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ । यो कसैलाई कम हुन्छ भने कसैलाई बढी भएर औषधी नै खानुपर्ने अवस्था आउछ । चिकित्सककहाँ पुग्नेमध्ये अधिकांशको ढाड दुख्ने समस्या भएको पाइन्छ । यो पूरानो समस्या हो । कूल जनसंख्याको ८० प्रतिशत मानिसको जीवनमा कुनै न कुनै बेला ढाड दुख्ने समस्या भएको हुन्छ पनि भन्ने गरिन्छ ।

किन दुख्छ ढाड ? यस्ता छन कारणहरु ।

ढाड दुख्दा जति हामी आत्तिन्छौँ त्यति डरलाग्दो भने होइन । सामान्य केही कुरामा ध्यान दिन सक्यौं भने यो समस्याबाट अलिक टाढा रहन सकिन्छ । तर सधैं सामान्य कारणले मात्र ढाड दुख्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ अन्य विभिन्न कारणले पनि ढाड दुख्ने समस्या आउनसक्छ । यस्तो अवस्थामा भने चिकित्सकलाई देखाउनुपर्छ । अस्पतालमा आउनेमध्ये धेरै महिला हुन्छन् । निहुरिएर घरको काम गर्ने भएकाले उनीहरु ढाडको समस्याबाट धेरै पीडित हुन्छन् ।

किन हुन्छ ढाड दुख्ने समस्या ?

मेरुदण्डको हड्डीभित्र मुख्य नशा, त्यसवरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा नरम मासु हुन्छ जसलाई डिक्स भनिछ । मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागेपनि ढाड दुख्ने समस्या हुन सक्छ ।

आजकाल एक्स रे तथा, एमआरआई सिटीस्क्यान गरेर ढाड दुखेको कारण पत्ता लगाउने गरिन्छ । तर कहिलेकाहीँ औषधी खाँदा, विभिन्न टेष्ट गरेर हेर्दासमेत रोग पत्ता लगाउन सकिदैंन । हामीले यसलाई ‘म्याजिक बक्स’ भनेर पनि पढ्छौँ । रोगै पत्ता लगाउन नसकिने अवस्थाचाहिँे कहिलेकाहीँ मात्र हुन्छ । खासगरी ८० देखि ९० प्रतिशत मांसपेशी र लिगामेन्ट तन्किने, खुम्चिने कारणले गर्दा ढाड दुख्छ । सुताई नमिल्दा, पल्टिएर लामो समय कम्प्युटर मोबाइल चलाउने, गह्रौँ सामान उठाउने, निहुरिएर काम गर्नेमा यस्तो समस्या बढी हुन्छ । नेपाली समाजमा यसलाई ‘चस्को पसेको’ पनि भनिन्छ । प्रायः ३५ देखि ५५ उमेर समूहका मानिसमा बढी देखिन्छ । तर अरु उमेर समूहका जोकसैलाई पनि ढाड दुख्ने समस्या हुनसक्छ । यो सामान्यतया मौसम परिवर्तन हुदाँ बढी देखिन्छ । किनकि जाडोबाट गर्मी हुदाँ हामी कम कपडा ओडेर वा नओडी सुत्छाँै । बिहान हुदैँ जाँदा जाडोले हामी कुक्रुक्क परेर सुत्दा मांसपेशी तन्किएर वा खुम्चिएर दुख्ने समस्या बढी हुन्छ । साधारण कुरामा ध्यान दिन सकेमा ढाड दुखेर अफिस नै छुट्टी लिनुपर्ने अवस्था आउँदैन । 

अन्य कारणले पनि दुख्छ

यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुनसक्छ । कहिलेकाहीँ डिक्स फुट्दा नशा च्यापिएर पनि दुखाई हुन्छ । मेडिकलको भाषामा यसलाई साइटिका भनिन्छ । यस्तोमा हातखुट्टा झमझम हुने, दुख्ने हुन्छ । यस्तो अवस्थामा भने हामीले  चिन्ता लिनुपर्ने हुन्छ । यस्तो समस्या भएमा दुखाई घुडाँतिर या कम्मर मुन्तिर खुट्टातिर सर्ने हुन्छ । पाठेघरको समस्या, मिर्गौलामा पत्थरी भएको छ भने पनि ब्याक पेन हुन्छ । दिसा गर्ने अंग लाटो हुने, दिसापिसाब नियन्त्रण नहुने जस्ता समस्या पनि हुन्छ । यस्तो बेलामा तुरुन्त चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ ।त्यसबाहेक मेरुदण्ड संक्रमण, साधारण कब्जियतको समस्या, खानपानले ठूलो आन्द्रामा असर पर्दा पनि ढाड दुख्ने समस्या हुन्छ । अझै काठमाडौँको सडकमा बाइक चलाउने हरुमा पनि सबैभन्दा धेरै ढाड दुख्ने समस्या बढी छ । किनकि यहाँको बाटोमा खाल्डाखुल्डी बढी छ । बाइक चलाउँदा खाल्डामा घचक्क हुँदा ढाड दुख्ने तथा डिक्स फुट्ने समस्या बढी हुन्छ । एउटा खाल्डामा एकपटक झट्का पर्दा ६ गुणासम्मको लोड लिनुपर्छ भनिन्छ । हाम्रा सडकमा गुड्दा कतिपल्ट झड्का लिनुपर्छ, गणना नै छैन ।

समस्याबाट बच्न के गर्नेरनगर्ने

– सुत्दा धेरै लचकदार तथा फोम भएको भन्दा कडा बेडमा सुत्ने ।

–    धेरै समय सुतेर टिभी हेर्न, मोबाइल, ल्यापटप चलाउन कम गर्ने

–     बाइक चलाउने क्रममा खाल्डो आउँदा अलिकता उठेर चलाउने । 

–    ढाड दुखाईसँगै ज्वरो आउने, हातखुट्टा झमझमाउने, दुख्ने हुन्छ भने चिकित्सककहाँ जानुपर्छ ।

–    तनाव नलिइकन काम गर्नुपर्छ,  ढाड दुख्ने, तनाव र डिप्रेसनबीच आपसमा अन्तरसम्बन्ध छ । 

–    अन्य जोखिमहरु मोटोपन, मधुमेहलगायतका रोग पनि ढाड दुखाईका कारण हुन् ।

– दुई वर्षभन्दा कम उमेर बालबालिकालाई मोनिटर भएका कुनै पनि साधन चलाउन नदिने । त्यसले ढाड दुख्ने समस्या त हुन्छ नै , उनीहरुको सिर्जनात्मक सोच्ने शक्ति कमजोर हुन्छ । 

–    धेरै निहुरिएर काम नगर्ने, भुई पुछ्दा उभिएर पुछ्ने, एकैपटक धेरै कपडा नधुने, सामान पनि धेरै तौल भएको नठाउने गर्नुपर्छ ।

–    बच्चामा ढाड दुख्ने समस्या भयो भने अलि राम्ररी जाँच गर्नु आवश्यक छ । उनीहरु खेल्दा लड्ने र रुघाखोकी लाग्दा ढाड दुख्ने हुन्छ । २५ वर्षभन्दा मुनिका मानिसलाई लगातार ढाड दुख्यो भने खतराको लक्षण हो ।

–    दिसापिसाव भएको छैन वा रोकिदैन, ज्वरो आयो, तौल घटिरहेको छ, दुखाई तिघ्राभन्दा तल सर्दै गएको छ भने पनि अस्पताल गई विशेषज्ञलाई देखाइहाल्नुपर्छ ।

– त्यसबाहेक सुुत्दा पोजिसन मिलाएर सुत्ने, महिलाले महिनावारी हुँदा अलि कम काम गर्ने गर्नुपर्छ । 

 (डा कार्की मनमोहन मेमोरियल सामुदायिक अस्पतालका  कन्सल्ट्यान्ट हाडजोर्नी सर्जन हुन् )







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top